मिथिला भोजन (खाना) प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
गोरखापत्र अनलाइन
चैत्र २८, २०७८ सोमबार
मिथिला भोजन (खाना) प्रतियोगिता तथा प्रदर्शनीमा मिथिला थाली पस्केर प्रदेश नं. १ को प्रिमियर कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट, दमक विजयी भएको छ । पहिलो स्थान हाँसिल गर्ने प्रतियोगीले तरुवा, कढी, करेला भुजिया, सोइजनको तरकारी आँपको अचार, मखानले झाँनेको दाल, मखानको खीर र भातसहितको मिथिला थाली पस्केर अतिथिहरुको मन जित्न सफल भएको हो ।