जनआदेशमाथि घात गरेकाले एमाले छाडेँ : मन्त्री श्रेष्ठ
गोरखापत्र अनलाइन
चैत्र २०, २०७८ आइतवार
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले एमालेले जनादेशमाथि घात गरेकाले एमाले छोडेको बताउनु भएको छ । तनहुँको भिमाद नगरपालिका भिमाद बजारमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पाँच वर्षको लागि सरकार चलाउन जनताले मत दिएको भएपनि त्यसको अपमान गरेर प्रतिनिधी सभा विघटन गरकाले साथ छाडेको बताउनुभयो ।