प्रमुख जिल्ला अधिकारी र एसपीद्वारा धनगढी बजारमा मास्क वितरण
गोरखापत्र अनलाइन
माघ ९, २०७८ आइतवार
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा र प्रहरी उपरीक्षक विश्व खड्काले आइतबार धनगढी बजारमा मास्क वितरण गर्नुभएको छ । तेस्रो लहरको कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाबेला मास्क लगाउन जनचेतना जगाउने उद्देश्यले उहाँहरुले बजार क्षेत्रमा मास्क वितरण गर्नुभएको हो । उहाँहरुले बजार क्षेत्रमा मास्क नलगाएका बटुवा, व्यापारी, कामदार लगायतलाई मास्क वितरण गर्नुभएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले...