सुदूरपश्चिमका पाँच जिल्ला सक्रिय सङ्क्रमितमुक्त नजिक
गोरखापत्र अनलाइन
फाल्गुन २४, २०७८ मंगलवार
सुदूरपश्चिम प्रदेशका पाँच जिल्ला सक्रिय कोरोना सङ्क्रमित मुक्तको नजिक पुगेको छ । अछाम, बझाङ, डडेल्धुरा, दार्चुला र डोटी सक्रिय सङ्क्रमितबाट मुक्त नजिक पुगेको हो । प्रादेशिक स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार यी जिल्लामा अब क्रमशः ३, ३, ८, ४ र ७ जना मात्रै सक्रिय सङ्क्रमित बाँकी छन् । त्यसो त प्रदेशभरि नै सक्रिय सङ्क्रमित सङ्ख्यामा कमी आएको छ । कोरोना सङ्क्रमण दर न्यून भएसँगै प्रदेशमा सक्रिय सङ्क्रमित...