चमेलिया लिफ्टीङ बृहत खानेपानीको काम सुस्त
गोरखापत्र अनलाइन
माघ २८, २०७८ शुक्रबार
खानेपानीको चरम अभाव भोगिरहेका लेकम गाउँपालिका–२ कुणी, कुसकाडालगायत दर्जनौँ बस्तीमा खानेपानी पुर्याउन चमेलिया लिफ्टीङ बृहत खानेपानी आयोजनाको काम सुरु भएपनि काम सुस्त गतिले चलिरहेको स्थानीयले बताउनुभएको छ । निर्माणको जिम्मा पाएको भिमेश्वर एलबी एण्ड एबी जेभि कैलालीले निर्माणको काम अघि बढाएको निर्माण व्यवसायी केशबबहादुर पालले जानकारी दिनुभयो ।