नेपाल १४ औं स्थानमा उक्लियो, नेदरल्याण्ड्स यथावत्, मलेसिया चिप्लियो
गोरखापत्र अनलाइन
बैशाख १३, २०७८ सोमबार
नेपाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरीयतामा १४ औं स्थानमा उक्लेको छ । आईसीसीले आइतबार नयाँ वरियता जारी गरेको हो ।
मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी शृङ्खला जितेपछि नेपाल १४ औं स्थानमा उक्लेको हो । नेपालले स्कटल्याण्डलाई उछिनेको हो । स्कटल्याण्ड १५ औं स्थानमा चिप्लिएको हो । नेदरल्याण्ड्स भने १७ औं स्थानमा यथावत् छ ।
नयाँ वरीयता बमोजिम...