क्रसर उद्योगलाई नयाँ मापदण्ड लागू
नगेन्द्र सापकोटा
भाद्र १, २०७७ सोमबार
क्रसर उद्योग सञ्चालनका लागि नयाँ मापदण्ड कार्यान्वयनमा आएको छ । अब क्रसर उद्योग सञ्चालन गर्दा धार्मिक, पुराताìिवक र शिक्षण संस्थाबाट दुई किलोमिटरको दूरीमा मात्र सञ्चालन गर्नुपर्नेछ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले नयाँ मापदण्ड कार्यान्वयनका लागि ७५३ वटै स्थानीय तहमा पठाइएको जानकारी दिनुभयो । वन, निकुञ्ज र आरक्ष क्षेत्र, घना बस्ती, अन्तर्राष्ट्रिय सीमाबाट दुई किलोमिटर...