स्थानीय तहको बजेट: पालिकामै सीप, पालिकामै रोजगार
नगेन्द्र सापकोटा
जेष्ठ २३, २०७७ शुक्रबार
स्थानीय तहले निर्माण गर्ने बजेटमा स्थानीय नागरिकको धेरै चासो हुन्छ । आफ्नै टोल, बस्ती र गाउँमा बन्ने सडक, खानेपानी, सिँचाइ र रोजगारी सिर्जना गर्ने लगायतका क्षेत्रमा स्थानीय सरकारको बजेट प्राथमिकतामा पार्न पनि चासो बढेको हो ।
नयाँ आर्थिक वर्षको स्थानीय तहको बजेटमा स्वदेशमा मात्र नभई विदेश गएका नेपाली नागरिकलाई समेत चासो छ । कोरोना भाइरस रोग (कोभिड–१९)का कारण विदेशमा रोजगारी गुमाएका करिब १० लाख नागरिक स्वदेश फर्काउने...