स्थानीय तहले पनि कोरोना कोष बनाउनुपर्ने
नगेन्द्र सापकोटा
बैशाख ३, २०७७ बुधबार
अब हरेक स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचार कोष खडा गर्नुपर्ने भएको छ । महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहलाई सरकारले पठाएको समानीकरण अनुदान र राजस्व र बाँडफाँट शीर्षकको बजेट रकमान्तर गरी कोरोना भाइरस सङ्क्रणको रोकथाम, नियन्त्रण र उपचार कोष खडा गर्न निर्देशन दिएपछि कोष खडा गर्नुपर्ने भएको हो ।