शिक्षा बजेटमा सरकारको अनुभूति
गोरखापत्र अनलाइन
असार ८, २०७८ मंगलवार
एउटा भनाइ छ खल्तीमा जतिसुकै महँगो कलम भिरे पनि लेख्ने आखिर विचारले हो । विचार प्रवाह नहुने मान्छेको खल्तीको कलम आफँैंले लेख्दैन । कुनै पनि मुलुकमा सरकार छ भन्नु र सरकारको अनुभूति गर्नु अलग विषय हो । मुलुकमा यतिबेला कोरोना कहर छ । संवैधानिक व्यवस्था र सरकारको दायित्वका बीच नेपाल सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि १६ खर्ब, ४७ अर्ब ५७ करोडको वार्षिक बजेट सार्वजनिक गरेको छ ।
नेपालको संविधानको धारा...