फेरिनुपर्ने भाष्य फेर्नै बाँकी छन्
गोरखापत्र अनलाइन
मंसिर १९, २०७७ शुक्रबार
एउटा चिनियाँ पूराकथा– एक लाटोकोसेरो पश्चिम दिशातिर उड्न पखेटा फट्फटाइरहेको थियो । यो देखेर नजिकैको रूखमा बसिरहेको कोइलीले उसलाई सोध्यो, ‘बडा निराश र दुःखी देखिन्छौ त मित्र, कता जान लागेको ?’
कसैले पनि आफ्नो आवाज मन नपराएर अति दुःखित भएको लाटोकोसेरोले भन्यो, ‘के गर्नु, आफ्नो त खप्परै खराब । मैले गाएको कसैले मन पराउँदैनन् । अब म यहाँ बस्न चाहन्न । पश्चिम दिशातिर लाग्छु ।’ कोइलीले भन्यो, ‘तिमी जता गए पनि कुरा उही हो । तिमीलाई...