logo
२०८१ बैशाख १४ शुक्रवार



विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदै

खेलकुद |


विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदै


काठमाडौँ, चैत २३ गते । विश्वभर अप्रिल ६ अर्थात आजको दिनलाई ‘अन्तर्राष्ट्रिय खेलकुद दिवस’ को रुपमा मनाईदै आएको छ । संयुक्त राष्ट्र संघ (यूएन) को साधारणसभाले सन् २०१३ को अगस्ट २३ लाई विश्व खेल दिवस घोषणा गरेको थियो । यसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले अनुमोदन गर्दै सन् २०१४ मा अप्रिल ६ तारिकलाई विश्व खेल दिवसको रुपमा मनाउने घोषणा गरको हो ।
सन् १८९६ अप्रिल ६ तारिकमा ग्रीसको एथेन्समा आयोजित पहिलो ओलम्पिक खेलकुदको उद्घाटनको सम्झनामा यूएन र आईओसीले संयुक्त रुपमा विश्व खेल दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् २०१५ देखि यस दिवस मनाउन सुरु गरिएको हो ।
यूएन र आईओसीसँगै इन्टरनेसनल युनिभर्सिटी स्पोटर््स, एफआईए फाउन्डेसन, इन्टरनेसनल काउन्सिल अफ स्पोटर््स साइन्स एन्ड फिजिकल एजुकेसनलगायत खेलकुदसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय निकायहरुले पनि यस दिवसलाई विश्वव्यापी रुपमा मनाउँदै आएका छन् ।
समाजमा सामाजिक परिवर्तन, सामुदायिक विकास र शान्ति तथा आपसी समझदारी स्थापनामा खेलकुदलाई माध्यम बनाउनका लागि विश्वभर वार्षिक रूपमा यो दिवस मनाउन थालिएको हो ।
नेपालले पनि यसपटक विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले यसबर्ष गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस् फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रम गरी खेलकुद दिवस मनाउँदै छ ।
यस पटक शान्तिका प्रतीक गौत्तम बुद्धको जन्मस्थान लुम्विनीमा खेलकुद गतिविधि सञ्चालन गरी अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाउन लागिएको एनओसीका अध्यक्ष एवं संघीय संसद् जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।
‘यसबर्षदेखि अन्तर्राष्ट्रिय खेलकुद दिवसलाई विश्वकै ध्यान खिच्ने हिसावले नेपालमा मनाउन लागिएको हो । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा खेलकुद गतिविधि गर्दा विश्वमा शान्तिको सन्देश अझै प्रखर रुपमा प्रवाहित हुन्छ भन्ने हाम्रो विश्वास हो,’ श्रेष्ठले भन्नुभयो ।
श्रेष्ठका अनुसार लुम्बिनीमा आगामी वर्ष पनि यस कार्यक्रमलार्ई निरन्तरता दिईने छ । यस कार्यक्रमको माध्यमबाट लुम्बिनी खेलकुद पर्यटकका लागि पनि आकर्षणको केन्द्र हुने विश्वास गरिएको श्रेष्ठले बताउनुभयो ।
एनओसी र एनओसी अन्तर्गतको ‘स्पोर्ट्स फर अल कम्मिसन’ ले यसअघि सन् २०१९ सम्म अन्तर्राष्ट्रिय खेलकुद दिवस नियमित रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै आएको थियो । कोभिड–१९ को महामारीका कारण पछिल्लो दुई बर्ष नेपालमा यस कार्यक्रम भएन । लुम्बिनीमा हुने यस बर्षको कार्यक्रममा ‘वाकाथन’ राखिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीको प्रमुख आतिथ्यता रहनेछ । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा भिक्षु मैत्तेयले विश्व शान्तिबारे विशेष प्रवचन पनि दिनुहुनेछ । कार्यक्रमको अन्त्यमा दीप प्रज्वलन गरिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?