कोभिडसँग जुध्न 'एक वडा, एक कृषि प्राविधिक'
गोरखापत्र अनलाइन
असार ५, २०७७ शुक्रबार
तुलसीपुर उपमहानगरपालिकाले कोभिड-१९ सँग जुध्न 'एक वडा, एक कृषि प्राविधिक' व्यवस्था गर्ने भएको छ । उपमहानगरको आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख घनश्याम पाण्डेले विदेशबाट फर्किएका युवाहरूलाइ लक्षित गर्दै कृषि क्षेत्रमा उत्पादन वृद्विका लागि कृषिमैत्री नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो ।
कृषिमा आधुनिकीकरण, भू-उपभोग नीति, कृषि पकेट क्षेत्र, बीउ आयात कम गर्दै हाइब्रिड बीउ विस्थापन...