नेपाली सेनाको नक्कली पत्र देखाउँदै ठगी गर्दै
गोरखापत्र अनलाइन
जेष्ठ ३२, २०७७ आईतवार
'सेनाको मान्छे हुँ, सस्तोमा राशन सामान उपलब्ध गराइदिन्छु' भनेर ठगी गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ । ठगीको आरोपमा पाँचखाल नगरपालिका वडा नं. ४ बाट चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख रविकुमार पौडेलका अनुसार पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नं. ४ बस्ने ३१ वर्षीय केवल राई सुनुवार, वडा न ५ बस्ने २४ वर्षीय रामबहादुर तामाङ, वडा न. ४ बस्ने ३७ वर्षीय...