बारा, पर्सा, रौतहटका ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि
गोरखापत्र अनलाइन
असार १, २०७७ सोमबार
नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको क्रममा आज बिहान थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पताल वीरगञ्जका मेडिकल सुपरीटेण्डेन्ट डा.मदन उपाध्यायले नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा बाराका ९, पर्साका १७, रौतहट ७ र सर्लाहीका १ जनामा कारोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।
नारायणी अस्पतालको प्रयोगशालामा हिजो मात्रै झण्डै ५ सयको हाराहारीमा थ्रोट...