२३ सय मिटर अग्लो सतबाँझ फलफूल केन्द्रमा कलकल पानी बग्यो
गोरखापत्र अनलाइन
असार ४, २०७७ बिहीबार
बाह्रै महिना सुख्खा रहने बैतडीको सतबाँझ सुख्खा फलफूल विकास केन्द्रमा स्थापानाको ७८ वर्षपछि कलकल पानी बग्न थालेको छ । पानीले २९ हेक्टर क्षेत्रफलमा लगाइएका नर्सरीका ५० हजार बोटमा सिँचाइ पुग्नेछ । समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको सतबाँझ सुख्खा फलफूल विकास केन्द्रमा सुदूरपश्चिम प्रदेश सरकारकोे पहलमा डिप बोरिङबाट चार इन्चको पाइपमा पानी बग्न थालेको हो ।
दशरथचन्द नगरपालिका -१, गुरुखोलामाथि सतबाँझमा...