स्थानीय तहको संयुक्त प्रयासमा बन्यो ३० शय्याको आइसोलेसन कक्ष
गोरखापत्र अनलाइन
जेष्ठ २९, २०७७ बिहीबार
कोरोना भाइरसको सङ्क्रमित थपिँदै गएपछि कैलालीको छ वटा स्थानीय तहले मिलेर ३० शय्याको आइसोलेसन कक्ष सञ्चालनमा ल्याएका छन् । टीकापुर, लम्कीचुहा, भजनी नगरपालिका तथा जानकी, जोशीपुर र बर्दगोरिया गाउँपालिकाले मिलेर आइसोलेसन कक्ष सञ्चालनमा ल्याएका हुन् । टीकापुरस्थित सिटी हलमा आइसोलेसन कक्ष स्थापना गरिएको हो ।
जिल्लाको पूर्वी क्षेत्रमा पर्ने यी स्थानीय तहहरूमा पछिल्लो समय सङ्क्रमित थपिँदै गएका छन् । सङ्क्रमित थपिँदै...