सार्वजनिक प्रशासनमा वृत्ति विकास
गोरखापत्र अनलाइन
चैत्र १६, २०७८ बुधबार
सार्वजनिक प्रशासनको व्यावसायिक क्षमताको सापेक्ष्यतामा नै सरकारको प्रभावकारिता निर्धारण हुन्छ । कर्मचारीमा क्षमता विकास र त्यसको कार्यमूलक उपयोगबाट सेवाग्राही, सङ्गठन र स्वयं कर्मचारीको सन्तुष्टि विस्तार गर्न सकिन्छ । वृत्ति वा व्यावसायिकता विकास तालिम र प्रमोसनभन्दा बृहत् विषय हो । यसको मुख्य ध्येय कर्मचारीमा यस प्रकारको ज्ञान, सीप, लगनशीलता र कार्यप्रेरणा विकास गर्नु हो जसले सङ्गठनको वर्तमान र भविष्यको आवश्यकता...