सर्वस्वीकार्य बन्दै गएको संविधान
गोरखापत्र अनलाइन
आश्विन १२, २०७८ मंगलवार
नेपालको संविधान जारी भएको छ वर्षपछि दक्षिणी छिमेकी राष्ट्र भारतका राष्ट्रपति र प्रधानमन्त्रीले यस वर्ष संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिएसँगै मधेसवादी राजनीतिक दलहरूको मोलतोल गर्ने क्षमता सधैँको निम्ति अन्त्य हुने भएको छ । यही संविधानअनुसारको शपथ लिएर निर्वाचनमा भाग पनि लिने, पद र सत्ताको लाभ पनि लिने तथा सांसद, विधायक र मन्त्री पनि बन्ने तर वर्षमा एक दिन संविधानको विरोध गर्ने मधेसी दलहरूकोे संविधान संशोधनप्रतिको...