नेपाली अर्थतन्त्रमा युद्धको प्रभाव
गोरखापत्र अनलाइन
चैत्र ४, २०७८ शुक्रबार
युद्ध कसैका लागि पनि प्रिय र हितकर हुँदैन । त्यसैले युद्धले के दिन्छ भनेर प्रश्न ग-यो भने सोझो र सरल उत्तर आउँछ, युद्धले रक्तपात निम्त्याउँछ । जब युद्ध हुन्छ, तब मानवता मात्र होइन, जीवन नै समाप्त भएर जान्छ । मानिस, वनस्पति, पशुपन्छी, कीटपतङ्ग सबैको नास हुन्छ र त्यसको दुष्प्रभाव दीर्घकालसम्म रहन्छ । युद्धले आँखाले देखिने र नदेखिने दुष्प्रभाव छोड्छ । देखिने वा सडक, पुल, भवन, हवाई अड्डा, उद्योग व्यवसाय, सम्पत्ति, ऊर्जाकेन्द्र...