कृषि पर्यटनको प्रचुर सम्भावना
गोरखापत्र अनलाइन
माघ २२, २०७८ शनिबार
सामान्यतया घरबाहिर २४ घण्टाभन्दा बढी वा एक वर्षभन्दा कम समयका लागि गरिने यात्रा वा मनोरञ्जन नै पर्यटन हो । पर्यटनमा आर्थिक क्रियाकलाप भएको हुनुपर्छ । मानव सभ्यताको विकाससँगै खाना, नाना, छाना, पानी सुरक्षा एवं व्यापारका निम्ति मानिस एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्न उत्प्रेरित थिए । पहिले मानिस जनावर चढेर वा हिँडेर आफ्नो यात्रा तथा आवश्यकता पूरा गर्दथे । अहिले प्रविधिमा आएको तीव्र विकासले जल, वायु र थलजस्ता द्रुत...