सुशासनमा सूचना प्रविधि
गोरखापत्र अनलाइन
माघ १९, २०७८ बुधबार
शासनका पात्रहरूमा निहित शक्ति, अधिकार, स्रोत र दायित्वको उपयोगलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुसार छिटो, छरितो प्रभावकारी सेवा प्रवाह गर्ने, नागरिकमा सुख, शान्ति र समृद्धिको अनुभूति दिलाउने सुशासन एक प्रतिष्ठित शासन प्रणाली हो । शासन व्यवस्था पारदर्शी, अनुमानयोग्य, कानुनसम्मत र नागरिकप्रति उत्तरदायी हुनुपर्ने विषयलाई जोड दिने सुशासनले शासन प्रक्रियामा नागरिकको अर्थपूर्ण र सक्रिय सहभागिताको खोज गरी शासनलाई...