भ्रष्टाचार नियन्त्रणमा कानुन
गोरखापत्र अनलाइन ,
फाल्गुन २३, २०७६ शुक्रबार
सार्वजनिक कर्तव्यबाट विचलित हुनु, सार्वजनिक पद तथा अधिकारको दुरुपयोग गर्नु र सार्वजनिक उत्तरदायित्वको वेवास्ता गर्नु भ्रष्टाचार हो । आफ्नो दायित्व र जिम्मेवारीको वेवास्ता गरी पद र अधिकारको जथाभावी प्रयोग गर्नु पनि भ्रष्टाचार हो ।
व्यक्तिमा अनुशासन, नैतिकता, सदाचार, इमान्दारी आदि नहुनु नै व्यक्ति भ्रष्ट हुनु हो । कानुनको सर्वमान्य सिद्धान्त विपरीत कानूनको शासनको बर्खिलाप गरी विद्यमान कानुनले गर्नू भनेको कार्य...