उच्च जोखिमको घण्टी (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
फाल्गुन १८, २०७६ आईतवार
चीनबाट फैलिएको कोभिड – १९ (कोरोना भाइरस) को विस्तार एसियाली मुलुकतिर फैलिंदो छ । नेपाललगायत एसियाली मुलुकको स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधार, चिकित्सकीय विधि÷प्रविधि, पूर्वतयारीको तत्परता तथा क्षमता र रोकथामका लागि गरिएको प्रयासको अवस्था हेर्दा यस क्षेत्रमा कोभिड–१९ फैलिएमा निकै भयावह हुने सम्भावना देखिएको छ ।