पोखरीको भौगर्भिक र पर्यटकीय महत्व
गोरखापत्र अनलाइन ,
फाल्गुन १७, २०७६ शनिबार
देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने हुन्छ । त्यसका लागि थुप्रै सम्भावना छन् । यी सम्भावनामध्ये पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण छ । नेपाल पहाडी मुलुक भएको र यहाँका हिमचुचुरा मात्र होइन, डाँडाकाँडा, पहाड पर्वत, उकालीओराली, भञ्ज्याङ चौतारी, नदीनाला, झरना, पोखरी सबै ठाउँ पर्यटकीय दृष्टिकोणले आकर्षक छन् ।