ट्रष्टको सम्पत्ति, हल्ला र यथार्थ (सम्पादकीय )
गोरखापत्र अनलाइन ,
फाल्गुन १५, २०७६ बिहीबार
नेपाल ट्रष्टले आफ्नो नाममा रहेका जग्गा तथा सम्पत्तिको पूर्ण संरक्षण गर्ने भएको छ । यसैक्रममा मोही तथा निजका हकवालाको नाममा नामसारी गरिएको मातातीर्थ, थानकोट, महादेवस्थानमा रहेको करिब १७३ रोपनी जग्गा फिर्ता ल्याउने ट्रष्टले प्रयास थालेको छ । वर्तमान सरकार बन्नु अगाबै ट्रष्टको नाममा रहेको सो जग्गा मोही तथा निजका हकवालाको नाममा नामसारी गर्ने निर्णय गरिएको थियो ।