विधेयकमा त्रुटि (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
फाल्गुन १४, २०७६ बुधबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा तयार गरिएको नेपाल उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकमा गम्भीर गल्ती देखिएका छन् । यति धेरै गल्ती भएको विधेयक पारित गर्न राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको घटनाले कर्मचारीको उदासीनतामात्र प्रदर्शन गर्दैन सार्वभौम संसद्को गरिमाप्रति गरिएको खेलाँची प्रकट गर्दछ ।