अडियो प्रकरणको वास्तविकता खोजी
गोरखापत्र अनलाइन ,
फाल्गुन ११, २०७६ आईतवार
सेक्युरिटी प्रेस (सुरक्षण मुद्रण) खरिदसम्बन्धी अडियो (श्रव्यसामग्री) फागुन ७ मा सार्वजनिक भएलगत्तै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिनुभयो । सरकारका प्रवक्ता, शक्तिशाली मन्त्री र प्रधानमन्त्रीले सम्भवतः बढी विश्वास गर्नुभएका बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिनुभयो ।