प्रयोग गर्न नसकिएको पर्यटन
गोरखापत्र अनलाइन ,
पुष १९, २०७६ शनिबार
पर्यटन पेशा, व्यवसाय वा प्रवृत्ति मात्र होइन, सोच, पद्धति र व्यवहार पनि हो । त्यसरी नै पर्यटन भनेको पर्यटकहरूको आवतजावत मात्र होइन, संस्कृति, प्रकृति र भूगोलको सुवासको विस्तार पनि हो । कसैलाई आपूmमा आकर्षित गर्न सक्नुको नाम हो पर्यटन । त्यही आकर्षणलाई आजीविकामा रूपान्तरण गर्ने पद्धतिको रूपमा विकास गराउँदै लैजाने निरन्तर प्रक्रियाको नाम पनि हो पर्यटन ।