अमेरिकी अनुदान, राष्ट्रिय चासो
गोरखापत्र अनलाइन ,
पुष १७, २०७६ बिहीबार
सन् १९४७ मा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७२ वर्षयता नेपालसँगको बहुआयामिक सम्बन्धलाई प्राथमिकता दिँदै ३ दशमलव २ अर्ब अमेरिकी डलर अनुदानमा लिखित सम्झौता गरेको अवगत नै छ । एक महाशक्ति राष्ट्र अमेरिका र विकासोन्मुख देश नेपालबीच दुईदेशीय आपसी सम्बन्धको नवीनतम निकटता बढिरहेको बेला अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवादित बनेको छ ।