नेपाली समाजको समृद्धिका आधार
गोरखापत्र अनलाइन ,
पुष १४, २०७६ सोमबार
यदि समृद्धि भनेको सम्पन्नता हो र सम्पन्नता भनेको समाजका हरेक नागरिकको जीवन निर्वाह, व्यक्तित्व विकास, शिक्षा, स्वास्थ्य र सुरक्षाका आधारभूत आवश्यकता पूरा भएको हुनु हो भने वर्तमान नेपाली समाज समृद्ध हुनका लागि नेपाली जनताको जीवनका समग्र पक्षमा के–कस्ता उपलब्धि हासिल भएको हुनुपर्दछ त ? यतिबेला यो नै छलफलको मुख्य विषय हो । यस विषयमा घनीभूत रूपमा छलफल गरेर निष्कर्षहरू निकाल्ने र ती निष्कर्षहरूलाई कार्यान्वयनमा लैजाने...