प्रेमलकुमार खनाल
देशको जेठो, धनी र पुरानो बैङ्क नेपाल बैङ्क लिमिटेड स्थापनाको ८३ वर्ष पूरा भई ८४ वर्षमा प्रवेश गरेको छ । नेपालमा आधुनिक बैङ्किङ प्रणालीको थालनी यही बैङ्कको स्थापनाबाट भएको हो । विक्रम संवत् १९९४ कात्तिक ३० गते सरकारको ४० प्रतिशत र निजी क्षेत्रको ६० प्रतिशत स्वामित्व रहनेगरी १० जना सेयर होल्डरको चुक्ता पुँजी आठ लाख ४२ हजारको पुँजीबाट यो बैङ्कको स्थापना भएको हो ।
मुलुकमा राणा शासनकालको अन्तिम दशकदेखि आर्थिक, सामाजिक, वाणिज्य र औद्योगिक गतिविधिको थालनी भयो तर आधुनिक बैङ्किङ प्रणाली नहँुदा आर्थिक गतिविधि अगाडि बढ्न नसक्ने महसुस गरी राणा प्रधानमन्त्री जुद्धशमशेरको कार्यकालमा नेपाल बैङ्क कानुन १९९४ तर्जुमा गरी सो कानुनमार्फत बैङ्क स्थापना गरियो । तत्कालीन राजा त्रिभुवनबाट उद्घाटन गरिएको बैङ्कको पहिलो सञ्चालक समितिमा बहादुरशमशेर जबरासहित छजना डाइरेक्टर जनरलमा र ठाकुरसिंह कठैत चिफ मेनेजरमा तथा १० जना कर्मचारीहरू सुरुमा कार्यरत थिए ।
बैङ्कले पहिलो वर्षमा १७ लाख दुई हजार निक्षेप सङ्कलन गरी १९ लाख ९५ हजार कर्जा लगानी गरेको थियोे भने विसं २००१ मा पहिलो वासलात प्रकाशित गरेको थियोे ।
जसअनुसार सेयर पुँजी १४ लाख ९७ हजार, जगेडा फन्ड दुई लाख ३० हजार, निक्षेप ७२ लाख ९५ हजार र ३७ लाख ७३ हजार रुपियाँ कर्जा तथा लगानी, कुल आम्दानी तीन लाख ५० हजार गरी मुनाफा एक लाख १७ हजार मुनाफा हासिल गरेको थियोे ।
नेपाल बैङ्क लिमिटेड (नेबैलि)को स्थापना मुलुकको अर्थतन्त्रको विकासमा एक ऐतिहासिक परिघटना थियोे । आधुनिक वाणिज्य बैङ्कको स्थापना नभएको र केन्द्रीय बैङ्कको समेत स्थापना नभएको बखत नेपाल बैङ्क लिमिटेडको स्थापनाबाट नै मुलुकमा उद्योग, वाणिज्य क्षेत्रका गतिविधि अगाडि बढाउन मद्दत पुगेको थियोे । त्यसबेला नेपाली रुपियाँ चलनचल्तीमा ल्याउने कामका साथै केन्द्रीय बैङ्कले गर्ने सम्पूर्ण कार्य गरेर सरकारी कारोबारलाई संस्थागत तवरले भुक्तानी गर्न तथा राजस्व सङ्कलनमा महŒवपूर्ण भूमिका निर्वाह ग¥यो । नेपाल बैङ्क लिमिटेडले पहिलोपटक विदेशस्थित बैङ्कहरूसँग एजेन्सी कारोबारको सम्बन्ध कायम गरेपछि एलसी कारोबारबाट मालसामान आयात निर्यात गर्न कार्यको सुरुवात भयो । यसका साथै नेपाली जनतामा बैङ्किङ आदतको सुरुवात गर्न, सर्वसाधारण जनताका बीचमा छरिएर रहेको बचत रकमलाई निक्षेपका रूपमा सङ्कलन गरेर अर्थतन्त्रका क्षेत्रमा आवश्यक पर्ने रकम कर्जा प्रवाहको थालनी गरेर नेपालमा औपचारिक रूपले निक्षेपकर्ता र ऋणहरूको बीचमा बैङ्कले मध्यस्थकारी भूमिका निर्वाह ग¥यो । यसका साथै विभिन्न शाखाहरूका माध्यमबाट देश तथा विदेशमा रेमिट्यान्सका माध्यमबाट रकम पठाउने कार्यको सुरुवात भयो ।
यसरी गौरवमय इतिहास बोकेको नेबैलि २०२० मा वाणिज्य बैङ्क कानुन लागू हुनुभन्दा अगाडि झन्डै २६ वर्षसम्म आफ्नै नामको नेपाल बैङ्क कानुनबाट सञ्चालन भएको थियोे । झन्डै दुई दशकसम्म केन्द्रीय बैङ्कको भूमिकाका साथ एकल ढङ्गले वित्तीय बजारमा वाणिज्य बैङ्कको हैसियतले भूमिका निर्वाह ग¥यो । विसंं २०२२ मा सरकारी स्वामित्वमा राष्ट्रिय वाणिज्य बैङ्कको स्थापना भएपछि मात्रै प्रतिस्पर्धात्मक वातावरणको सिर्जना भयो । झन्डै दुई दशकसम्म यी दुईवटा सरकारी स्वामित्वका बैङ्कहरूको मात्रै वित्तीय बजारमा भूमिका रहे पनि ४० को दशकसम्म नेबैलिले नै अग्रणी बैङ्कका रूपमा भूमिका खेलेको थियोे । पञ्चायती व्यवस्थाकालमा प्रति ३० हजार जनसङ्ख्यामा एक बैङ्क शाखा पु¥याउने सरकारको लक्ष्यलाई सहयोग पु¥याउन बैङ्कले देशका दुर्गम विकट भेगसम्म गरी २१९ वटा शाखा सञ्चालन गरेर जनतालाई सेवा पु¥यायो ।
४० को दशकदेखि विदेशी संयुक्त निजी लगानीमा बैङ्कहरू खोल्न पाउने र वित्तीय उदारीकरणको नीति अवलम्बन गरिएपछि मुलुकमा विदेशी संयुक्त लगानीमा तथा निजी लगानीमा वाणिज्य बैङ्कहरू धमाधम खुल्न थाले । बैङ्किङ प्रणालीमा विकास भएको आधुनिक प्रविधि र सक्षम युवा जनशक्तिबाट निजी क्षेत्रका बैङ्कहरू सञ्चालन हुन थालेपछि परम्परागत शैलीमा सञ्चालन भइरहेको बैङ्कका सामु प्रतिस्पर्धामा खरो रूपमा उत्रनुपर्ने चुनौती सिर्जना भयो । सरकारी स्वामित्वको बैङ्क भएपछि बढ्दो सरकारी हस्तक्षेपले बैङ्कको व्यावसायिक क्षमता कमजोर बन्यो । सरकारले बैङ्कहरूको पनि निजीकरण गर्ने नीतिलाई अगाडि सारेपछि सरकारको बैङ्कमा रहेको ६० प्रतिशत सेयरमध्ये कर्मचारी तथा निजी क्षेत्रमा बिक्री–वितरण गरेपछि बैङ्कको नीति निर्माणको तहमा निजी क्षेत्रको वर्चस्व पुनः
वृद्धि भयो ।
मुलुकमा बहुदलीय व्यवस्थाको पुनःस्थापनासँगै बैङ्कमा बहुयुनियनको कानुनी अवधारणाका आधारमा ट्रेड युनियनहरू स्थापना भए । यसरी स्थापना भएका युनियनहरूमध्येबाट सौदाबाजीका लागि निर्वाचन गराइएको भए युनियनहरूको व्यवस्थापन भएर बैङ्कभित्र असल श्रम अभ्यास र असल श्रम सम्बन्ध विकास भएर जाने थियोे । (यद्यपि, ३० वर्षको अवधिसम्म निर्वाचन गराइएको छैन) युनियनहरूको सही ढङ्गले व्यवस्थापन नभएको, सरकारीस्तरबाट बढ्दो राजनीतिक हस्तक्षेप, केन्द्रीय बैङ्कको कमजोर नियमन र सुपरीवेक्षण र बैङ्कमा व्यापारिक स्वार्थका सञ्चालकहरूको बैङ्क व्यवस्थापनलाई अव्यावसायिक तवरले कर्जा प्रवाहमा दिने दबाब र प्रभावका कारण बैङ्क समस्याग्रस्त बन्न पुग्यो । निहित स्वार्थ दबाबका कारण बैङ्कमा नयाँ जनशक्तिको पदार्पण हुन सकेन । पुरानै जनशक्तिको भरमा कार्यसञ्चालनले मात्रै नयाँ ज्ञान, सीप, क्षमता र कार्यशैलीको अवलम्बन हुन सकेन । राजनीतिक पहुँच र दबाबका भरमा, धितोको अधिक मूल्याङ्कन गरेर जथाभावी कर्जा प्रवाह भयो । यसले गर्दा कर्जा प्रवाहको ६० प्रतिशत ‘नन पर्फर्मिङ’को तहमा पुगेपछि केन्द्रीय बैङ्कको हैसियतले नेपाल राष्ट्र बैङ्कले बैङ्कको व्यवस्थापन नियन्त्रणमा लिएर वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत विश्व बैङ्कको ऋण लगानीमा विदेशी व्यवस्थापन समूहलाई बैङ्कको व्यवस्थापन करारमा हस्तान्तरण ग¥यो । ठूलो रकममा विदेशी व्यवस्थापनले बैङ्कको व्यवस्थापन जिम्मा लियो ।
केन्द्रीय बैङ्कले वाणिज्य बैङ्कहरूका लागि वित्तीय एवम् व्यवस्थापकीय सुधार र सुशासनका लागि लागू गरेको नियमनकारी व्यवस्था, ऐन कानुनमा भएको सुधारका आधारमा लागू गरेको सुधार कार्यक्रमको परिणामस्वरूप बैङ्कको सुधारले नयाँ गति लियो । खासगरी बैङ्कमा अन्तर्राष्ट्रियस्तरको लेखामान र लेखापरीक्षणको थालनी, भाखा नाघेको ऋणको असुलीमा कडाइ, बैङ्कमा नयाँ जनशक्तिको पदार्पण र व्यावसायिक क्षेत्रमा मात्रै लगानीको थालनीले बैङ्कको सुधारले गति लियो । बैङ्कबाट विदेशी व्यवस्थापनको बहिर्गमनपछि केही समय केन्द्रीय बैङ्कले नै व्यवस्थापन सञ्चालन गरेर बैङ्कलाई नै व्यवस्थापन सञ्चालन गर्ने जिम्मेवारी सुम्पियो । यसपछि बैङ्कमा नयाँ सञ्चालक समितिको गठन र उच्च व्यवस्थापनमा नयाँ जनशक्तिको पदार्पणले गर्दा बैङ्क सुधारको कार्यले गति लिँदै छ ।
झन्डै २० वर्षसम्म बैङ्कको साधारणसभा हुन नसकेको, सेयर होल्डर, कर्मचारीले लाभांश प्राप्त गर्न नसकेको स्थिति थियो । व्यावसायिक हिसाबले सञ्चालन भई मुनाफामा सञ्चालन हुन थालेपछि नियमित रूपमा साधारणसभा गरेर बैङ्कका सेयर होल्डर, ग्राहक र कर्मचारीका माझ हिजो बैङ्कले हासिल गरेको साख, विश्वास झन् बढेको छ ।
बैङ्कको विगत चार÷पाँच वर्षदेखिको वित्तीय स्थितिलाई हेर्दा पुँजी पर्याप्तता, जोखिम बेहोर्नुपर्ने कोष, निक्षेप सङ्कलनमा वृद्धि, कर्जा तथा लगानी विस्तार, निष्क्रिय कर्जाको न्यून प्रतिशत, नयाँ–नयाँ व्यावसायिक स्थानमा बैङ्कका नयाँ शाखा स्थापना, विगतमा बन्द गरिएका स्थानमा शाखाहरूको पुनःस्थापनाबाट बैङ्किङ् सञ्जाल विस्तार, आधुनिक बैङ्किङ प्रविधिको प्रयोग र डिजिटलाइजेसनका माध्यमबाट ग्राहक वर्गलाई छिटोछरितो सेवा प्रवाहले गर्दा देशको जेठो एवम् पुरानो र समस्याग्रस्त बैङ्कबाट तङ्ग्रिएर आधुनिक, सक्षम र प्रतिस्पर्धात्मक स्थितिमा अग्रणी बैङ्कका रूपमा यो बैङ्क अगाडि बढ्दै छ ।
नेबैलिको गौरवपूर्ण इतिहास छ । तीन÷चार पुस्ता अगाडिदेखिका ग्राहक वर्ग र तिनका परिवारजनले प्रकट गरेको अपार माया र विश्वासबाट बैङ्कले हासिल गरेको ख्याति, बलियो पुँजीको आधार, अर्बौं अर्ब रकमबराबरको चल अचल सम्पत्ति, राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्पर्क र सम्बन्ध तथा सरकारी स्वामित्वसमेत बैङ्कमा रहेका कारण प्रतिस्पर्धात्मक स्थितिमा बैङ्कले अग्रगति लिन सक्ने प्रचुर सम्भावना छ ।
तर, यतिबेला बैङ्कले अनेकन चुनौतीको सामना गरिरहेको देखिन्छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको असरले आर्थिक गतिविधिमा गिरावट आउनुको साथै थप समस्या उत्पन्न गर्ने भयावह अवस्था कायमै छ । रेमिट्यान्स आप्रवाहमा कमी, विदेशी मुद्राको अवमूल्यन, आयात निर्यात व्यापारमा गिरावट आदि कारणले थप समस्या उत्पन्न गर्दै छ । साथै, बैङ्कभित्र सक्षम, अनुभवी जनशक्तिको पदार्पण गराउने र उनीहरूको सशक्तीकरण र दिगो रूपमा टिकाइराख्ने आकर्षक उत्प्रेरणाका योजना, बैङ्किङ सञ्जाल विस्तार गरी निक्षेप सङ्कलन र उत्पादनशील एवम् रोजगारी वृद्धि हुने क्षेत्रमा कर्जा विस्तार गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने राष्ट्रिय अभिभारा पूरा गर्न नेबैलिले थप रणनीतिक योजना बनाउन जरुरी देखिन्छ । कोरोना महामारीका कारण समस्यामा परेका साना तथा मझौला व्यवसायी, किसान, बेरोजगार, गरिब र विपन्न वर्ग लक्षित क्षेत्रमा सरलीकृत तवरले सुपथ मूल्यमा कर्जा विस्तार गर्न जरुरी छ । सहरकेन्द्रित, उपभोक्तामुखी रियल स्टेट र हाउजिङ क्षेत्रमा प्रवाह भएको कर्जाले उत्पादन र रोजगारी वृद्धि गर्न मद्दत पुग्दैन । अतः कृषिजन्य उद्योग आधारित क्षेत्रमा लगानी विस्तार गरेर मुलुकमा औद्योगिकीकरणको थालनी गर्न सहयात्री बनेर अगाडि बढ्न जरुरी छ ।
यस्तै, असल औद्योगिक सम्बन्ध कायम गर्न बैङ्कभित्र आधिकारिक युनियनको निर्वाचन गराएर सामूहिक सौदाबाजीलाई प्रवद्र्धन गर्ने, सेवानिवृत्त बैङ्क कर्मचारीका पीर–मर्काको यथासमयमै इमानदारीपूर्वक सुनुवाइ गरेर उनीहरूसँगको सम्बन्धलाई जीवन्त बनाउने, हरेक शाखास्तरमा नियमित रूपमा ग्राहक वर्गसँग अन्तक्र्रिया गरेर उनीहरूका पीर–मर्कालाई सम्बोधन गर्ने, बैङ्कको अचल सम्पत्तिहरूलाई दिगो र प्रतिफलमुखी हुनेगरी व्यवस्थापन गर्ने, कर्मचारीको सीप क्षमता विकासलाई नियमित रूपमा सञ्चालन गर्नेजस्ता कार्यक्रमलाई बैङ्कले अभियानकै रूपमा सञ्चालन गर्न जरुरी छ ।
यसर्थ, चुस्त कुशल व्यवस्थापन र सञ्चालक समितिबाट विज्ञता र पेसाविदताको हिसाबले उच्च जिम्मेवारीबोधका साथ बैङ्कको सुधार र विस्तारका लागि भूमिका निर्वाह गरेर नै बैङ्कले चुनौतीको सही ढङ्गले सम्बोधन गरेर बैङ्कलाई एक सक्षम, प्रतिस्पर्धी अग्रणी बैङ्कका रूपमा स्थापित गर्ने विश्वास लिन सकिन्छ ।
(लेखक नेकपा केन्द्रीय कमिटी सदस्य हुनुहुन्छ ।)