logo
२०८१ बैशाख १७ सोमवार



सहरी व्यवस्थापनमा चुनौती

विचार/दृष्टिकोण |




डा. माधव अधिकारी

मानव जीवनको अस्तित्व उसको वरिपरिको पर्यावरण एवं परिस्थितिमा निर्भर गर्छ । मानिसको अस्तित्वका लागि जल र जमिनमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । यिनीहरूको अस्तित्व सङ्कटमा पर्नु भनेको मानव जीवन नै पूर्णतः सङ्कटमा परेर ठूलो क्षति हुनु हो । मानिसले आफ्नो जीवनका लागि प्रकृतिबाट धेरै वस्तु ग्रहण गर्छ, जुन वातावरणीय विकासबाट ग्रहण गर्नु राम्रो हुन्छ, न कि वातावरणीय विनाशबाट । वातावरण विनाशबाट हाम्रोजस्तो विकासोन्मुख मुलुकको अर्बौं धनराशि नास भएको छ । वातावरण विनाशको कुप्रभावले ठूलो असर परेको छ । प्राकृतिक स्रोतको उचित संरक्षण नहुनु, आगलागी, फोहोरमैलाको उचित व्यवस्थापन नहुनु पनि वर्तमान वातावरण विनाशको एक प्रमुख तìवका रूपमा लिन सकिन्छ । सहरमा घरायसी प्रयोजनबाट, कारखानाबाट, अस्पतालबाट, सडेगलेका वस्तुबाट, वायु, जल, माटो आदिमा हानिकारक तथा घातक फोहोरमैला निस्कन्छ । यसको उचित व्यवस्थापनको अभावले पनि वातावरणमा तीव्र क्षति पु-याएको छ । त्यस्तै भू–क्षय, हरितगृह प्रभाव, ओजोन तह विनाश, अम्ल वर्षाजस्ता जल्दाबल्दा समस्या वातावरण विनाशका कारक तìवको उपज बनिरहेका छन् । वातावरण विनाशबाट जलवायुमा परिवर्तन भई पृथ्वीको तापक्रममा परिवर्तन भएको छ । सोको कारण पनि सहरको उचित व्यवस्थापनको अभाव हुनुका साथै गुणस्तरीय जीवनमा ठूलो असर पारेको छ ।

यसै सन्दर्भमा अक्टोबर ३१, २०१४ मा पहिलो सहरीकरण दिवस मनाइएको थियो । सन् २०२१ को विश्व सहरीकरण दिवस आठौँ संस्करण हो । अक्टोबर महिनालाई अर्बन अक्टोबर भनिन्छ । सहरी महिनाका रूपमा अक्टोबरको अन्तिम दिनलाई विश्व सहरीकरण उत्सवका रूपमा मनाउँदै आइएको छ । ‘सहरको उचित व्यवस्थापनबाट मानवको गुणस्तरीय जीवन’ भन्ने सोचलाई ध्यानमा राखेर हरेक वर्षको विश्वभर सहरीकरण दिवस मनाइने गरेको पाइन्छ । सन् २०१४ मा चीनमा ‘प्रमुख सहरी रूपान्तरण’ भन्ने नाराका साथ पहिलो सहरीकरण दिवस मनाएको थियो ।

सहर भन्नेबित्तिकै हामी सबैको सोचाइमा सुविधासम्पन्न बसोबास स्थल भन्ने बुझिन्छ । सहर एक ठूलो मानव उपयोग र सञ्चारका लागि व्यापक सुविधायुक्त स्थान हो । वास्तवमा सहर भन्नाले स्मार्ट र हरियो सहर बनाउने मात्र होइन, यो त सांस्कृतिक, सामाजिक, आर्थिक र निहित स्वार्थबिनाको राजनीतिक जगत्को स्थापनाबाट पनि वातावरणमैत्री सहर बनाउनु हो । यसै सन्दर्भमा सन् २०२१ को सहरीकरण दिवसको नारा चाहिँ ‘एडप्टिङ सिटज फर क्लाइमेट रिजिलेन्स’ रहेको छ । जलवायु परिवर्तनमा सहरीकरणको भूमिका र व्यवस्थित सहरीकरणको महìवलाई यस वर्ष विशेष ध्यान दिइएको पाइन्छ । जलवायु परिवर्तनबाट परिरहेका तथा पर्न सक्ने प्रभावसम्बन्धी अध्ययन हाम्रो देशमा अत्यन्तै कम भएकाले कुन भौगोलिक क्षेत्रमा, कुन प्रकारको, कति परिमाणमा, कुन क्षेत्रमा प्रभाव परेको छ भन्ने वैज्ञानिक लेखाजोखा गर्न अझै बाँकी छ । मानवीय तथा आर्थिक स्रोतको न्यूनतम एवं उपयुक्त उपकरणको अभावले जलवायु प्रारुपीकरण हिमाल, पहाडदेखि तराई क्षेत्रसम्मका जलस्रोतलगायतका प्राकृतिक स्रोतमा परेको र पर्नसक्ने आर्थिक क्रियाकलापका अन्य क्षेत्रमा परेको प्रभावको लेखाजोखाजस्ता कार्यहरू आशा गरेअनुसार अगाडि बढ्न सकेको छैन । जलवायु परिवर्तनका कारण कृषि, जलस्रोत, वन तथा जैविक विविधता, जनस्वास्थ्य, पर्यटन आदि क्षेत्रमा परेको प्रतिकूल प्रभावको विस्तृत लेखाजोखा हुन अझै बाँकी छ । यसैगरी जलवायु परिवर्तन तथा त्यससँग सम्बद्ध प्रभावहरू हटाउने वा घटाउने एवं अनुकूलनका लागि उपयुक्त प्रविधि विकास तथा जोखिम र प्रकोपसँग जुध्ने प्रभावकारी पूर्वतयारीका कार्यक्रमसमेत सञ्चालन हुन बाँकी छन् । समष्टिमा जलवायु परिवर्तनसम्बन्धी महासन्धिको प्रावधान र पक्ष राष्ट्रहरूको सम्मेलनले गरेका निर्णयहरूलगायत अनुकूलन, प्रभाव न्यूनीकरण, आर्थिक स्रोत, प्रविधि विकास एवं हस्तान्तरण, क्षमता अभिवृद्धि, जलवायु समानुकूलनजस्ता अवयवलाई समेटी जलवायु परिवर्तनका प्रभावलाई सम्बोधन गर्ने प्रभावकारी खाका निर्माण हुन नसक्नु आजको प्रमुख समस्या रहेको देखिएको छ । यसैको उदाहरणका रूपमा हालको बेमौसमी वर्षाबाट उत्पन्न विपत्लाई पनि लिनुपर्ने हुन्छ ।

हाम्रो देशको सहरी क्षेत्रमा जलवायु परिवर्तनको चुनौती सामना गर्न संस्थागत व्यवस्थाबाट क्षमता अभिवृद्धि, प्रविधि विकास तथा उपयोग, आर्थिक स्रोतको प्रवाह एवं हरितगृह ग्यासको मापनलगायत तथ्याङ्क तथा सूचना जानकारी अध्यावधिक गर्दै सरोकार राष्ट्रहरूलाई जानकारी दिनुपर्छ । जलवायु अनुकूलन, न्यूनीकरण तथा कार्बन सञ्चितीकरणलाई बढावा दिन, क्षमता अभिवृद्धि, आर्थिक स्रोत जुटाउन तथा सोमा पहुँच पु¥याउन एवं प्रविधि विकास र हस्तान्तरणलगायत कार्यक्रम तर्जुमा, कार्यान्वयन, मूल्याङ्कन तथा अनुगमन कार्यहरू विस्तार गर्नुपर्छ । सामाजिक तथा आर्थिक विकासका लागि प्राकृतिक स्रोतको व्यवस्थापनलाई जलवायुमैत्री एवं पूर्वाधार विकासलाई जलवायु समानुकूलन बनाउन सर्वपक्षीय सहभागितामार्फत जनचेतना अभिवृद्धि तथा क्षमता विकासलगायत वार्ता क्षमता प्रवद्र्धन गर्नुपर्छ । स्वच्छ तथा नवीकरणीय ऊर्जाको विकास, कार्बन व्यापार तथा जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी संयन्त्रबाट थप प्राविधिक एवं आर्थिक स्रोत जुटाउनु आवश्यक छ । जलवायु परिवर्तनबाट उपलब्ध अवसरको उपयोग गरी गरिबी न्यूनीकरण तथा दिगो विकासको लक्ष्य पूरा गर्न प्रभावकारी राष्ट्रिय नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउनु अत्यावश्यक छ ।

जलवायु परिवर्तनबाट सिर्जित रोगवाहक कीटाणु तथा सङ्क्रामक रोगको महामारी पैmलिन नदिन पूर्वानुमान तथा रोकथामको आवश्यक संयन्त्रको विकास गर्ने–गराउने, जलवायु परिवर्तनका कारण अन्तर्राष्ट्रिय सीमा वारपारमा परेका असर र पर्नसक्ने प्रभावबाट सिर्जित जोखिम न्यूनीकरण गर्न तथा अनुकूलित हुन द्विपक्षीय तथा बहुपक्षीय सहयोगको विकास तथा विस्तार गर्ने कार्य गर्नुपर्छ । न्यून कार्बन विकास तथा जलवायु समानुकूलन, दिगो सामाजिक–आर्थिक वृद्धिका लार्गि न्यून कार्बन उत्सर्जन तथा जलवायु समानुकूलन विकासपथ अवलम्बन गर्ने, सामाजिक–आर्थिक विकासलाई जलवायुमैत्री एवं समानुकूलन बनाउन आवश्यक रणनीति, निर्देशिका तथा कार्यविधिको तर्जुमा र कार्यान्वयन हुनुपर्छ । वनक्षेत्रको वैज्ञानिक व्यवस्थापन, भू–उपयोग योजनाको तर्जुमा तथा कार्यान्वयन एवं वन विनाश रोक्दै कार्बन सञ्चितीकरणको दायरा फराकिलो बनाउने, हरितगृह ग्यासको उत्सर्जन न्यून गर्न विद्यमान स्वच्छ तथा नवीकरणीय एवं वैकल्पिक ऊर्जाका क्षेत्रमा उपयुक्त प्रविधिको थप विकास र उपयोग गरी जलवायु परिवर्तनबाट सिर्जित प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न प्रभावकारी योजना तर्जुमा तथा कार्यान्वयन गराउनुपर्छ । वायुमण्डलीय तापक्रम वृद्धि गर्ने खालका वायु प्रदूषकको उत्सर्जन स्रोतमा नै न्यून गर्न उपयुक्त प्रविधिको विकास, हस्तान्तरण र उपयोगमा सहुलियत दिने, ऊर्जा दक्षता अभिवृद्धि गर्न उद्योगले ऊर्जा अडिट गरी जलवायु परिवर्तनका लागि तोकिएको निकायमा पेस गर्ने विद्युतीय ऊर्जामा आधारित यातायात तथा उद्योगको विकास र प्रवद्र्धन गर्ने, पुुल, बाँध, नदी नियन्त्रण आदि संरचना तथा पूर्वाधारको निर्माण गर्दा स्वरूप–गुणस्तरलाई जलवायु समानुकूलन हुने गरी तर्जुमा तथा कार्यान्वयन गर्नुपर्छ । न्यून कार्बन उत्सर्जनसम्बन्धी कार्यलाई आर्थिक तथा प्राविधिक सहुलियत प्रदान गरी प्रोत्साहन गर्ने, आर्थिक स्रोतमा पहुँच एवं उपयोग, जलवायु परिवर्तनका सवाललाई सम्बोधन गर्न सार्वजनिक तथा निजी, आन्तरिक एवं बाह्य आर्थिक स्रोत जुटाई गतिशील, प्रभावकारी जलवायु परिवर्तन कोषको स्थापना गरी कार्यान्वयन गर्नु आवश्यक छ ।

स्वच्छ विकास संयन्त्रको प्रवद्र्धनमार्फत कार्बन व्यापारलाई प्रोत्साहन गरी आर्थिक स्रोत जुटाउने, प्रदूषकले तिर्ने सिद्धान्त तथा सःशुल्क पर्यावरण सेवाको अवधारणालाई कार्यान्वयन गरी आर्थिक स्रोत जुटाउने, जलवायु परिवर्तन कोष तथा जलवायु परिवर्तनसम्बन्धी कार्यका लागि विद्यमान तथा भावी अन्तर्राष्ट्रिय एवं द्विपक्षीय सहयोगबाट प्राप्त हुने आर्थिक स्रोत व्यवस्थापन गर्नुपर्छ । जलवायु परिवर्तन तथा यसका प्रतिकूल प्रभाव न्यूनीकरण संयन्त्रबाट प्राप्त हुने फाइदाहरू गरिबी न्यूनीकरण तथा दिगो विकासका लागि उपयोग गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट जुटाइएको आर्थिक स्रोतलाई जलवायु अनुकूलन, प्रतिकूल प्रभाव न्यूनीकरण तथा न्यून कार्बन विकास कार्यहरूलगायत जल उत्पन्न तथा अन्य प्रकोपहरू जस्तै– बाढीपहिरो, डढेलो, महामारी, खडेरी आदिबाट पीडितलाई राहतका लागि खाद्य, स्वास्थ्य तथा जीवनाधार सुरक्षाका लागि उपयोग गर्ने, जलवायु परिवर्तन कोषको वृद्धि गर्न तथा सदुपयोगका लागि प्रभावकारी रणनीति, निर्देशिका तथा कार्यविधिहरूको तर्जुमा तथा कार्यान्वयन गर्न जोड दिनुपर्छ । जलवायु परिवर्तनसम्बन्धी कार्यमा गरिब, दलित, सीमान्तकृत जनजाति, आदिवासी, महिला, बालबालिका तथा युवाकोे सहभागिता सुनिश्चित गरी जलवायु अनुकूलनसम्बन्धी कार्यको कार्यान्वयन गर्नु आजको आवश्यकता हो । यस किसिमको सन्तुलनबाट सहरको उचित व्यवस्थापन गरी गुणस्तरीय जीवनका लागि आधारशीला खडा गर्न सकिन्छ । तब मात्र हरेक वर्ष मनाइने विश्व सहरीकरण दिवसले सार्थकता पाउने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?