logo
२०८१ बैशाख १८ मंगलवार



अधिवेशनसँगै नेतृत्व विकास

विचार/दृष्टिकोण |




डा. धनपति कोइराला

वर्तमानमा नेपाली राजनीति नीति निर्माण र नेतृत्व चयनमा केन्द्रित हुन थालेको छ । सङ्गठन विस्तार र पार्टी सुदृढीकरण गर्नु हरेक पार्टीको केन्द्रीय कार्य पनि हो । संसद्मा सर्वाधिक ठूलो दलका रूपमा रहेको नेकपा (एमाले)बाट अलग्गिएर नेकपा (एकीकृत समाजवादी पार्टी)को निर्माण भएको अवस्थामा पार्टीलाई सङ्गठित गर्नुपर्ने, त्यसलाई विस्तार तथा सुदृढीकरण गर्नुपर्ने र समयले पनि महाधिवेशन गर्नैपर्ने भइसकेको स्थितिमा नेकपा (एमाले)ले विधान महाधिवेशन सम्पन्न ग¥यो । यसपछि ऊ नेतृत्व चयनको दिशामा अग्रसर भएको छ । उसले राज्य पुनर्संरचनापछिको पहिलो वडा अधिवेशन कात्तिक ६ गते देशैभरिका झन्डै छ हजार वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । बाढीपहिरो र सहमति हुन नसक्दा स्थगित भएका केही वडामा भने अधिवेशन हुन बाँकी नै रहे पनि कात्तिक ९ गते उसको गाउँपालिका तथा नगरपालिकाहरूको अधिवेशन भएको छ । यसमा झन्डै दुई तिहाइ गाउँ तथा नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भइसकेको र एक तिहाइमा निर्वाचनबाट टुङ्ग्याइने जनाएको छ ।

उक्त अधिवेशनले अध्यक्ष, उपाध्यक्ष र सचिव एक–एक जना, उपसचिव दुई जनासहित महानगरपालिकामा १०१ जना, उपमहानगरपालिकामा ८५ र नगरपालिका र गाउँपालिकामा ७५/७५ सदस्यीय कमिटी गठन गरेको छ । यो अधिवेशन सम्पन्न भएपछि उसले आगामी मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा निर्वाचन गर्ने कार्ययोजना अघि सारेको छ । गाउँपालिका तथा नगरपालिकाहरूको अधिवेशनले पार्टी सुदृढीकरण हुने र पार्टीले पुनर्जीवन प्राप्त गर्ने उसको बुझाइ छ ।
संसद्मा दोस्रो ठूलो दलको हैसियतमा रहेको वर्तमानमा सत्ताको नेतृत्वकर्ता पार्टी नेपाली काँग्रेस पनि यतिबेला महाधिवेशनकै रन्कोमा केन्द्रित छ । उसका वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा, जिल्ला, प्रदेश र केन्द्रीय गरी सात तहको अधिवेशनमध्ये वडा र पालिका तहको अधिवेशन आरम्भ गरेको छ । आफ्नो पार्टीको विधानअनुसार चार वर्षमा महाधिवेशन गर्नुपर्ने भए पनि उक्त समयावधिभित्र सम्पन्न गर्न नसकिए केन्द्रीय कार्यसमितिले एक वर्ष थप गर्न पाउने विधानको उपयोग गर्दै उसले संविधानको छ महिनाको समयसीमासँगै साढे पाँच वर्षको समयावधि पनि गत भदौ २३ गते नै बिताइसकेको छ । यद्यपि काँग्रेसले निर्वाचन आयोगको सुझावअनुरूप नै संवैधानिक समय सीमाभित्रै वडा अधिवेशन आरम्भ गरे पनि तीन महिना घड्किरहँदा अभैm १३ जिल्लाका वडाको अधिवेशन हुन सकेको छैन । कतिपय जिल्लामा पालिकाको पनि अधिवेशन हुन सकिरहेको अवस्था छैन । साथै रसुवा र बारामा पनि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छैन । उसले समयभित्र महाधिवेशन गर्न नसक्दा पटक–पटक मिति तोक्ने र सार्ने क्रममा आगामी मङ्सिर २४ गतेदेखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिसकेको छ । यस समयावधिभित्र भने जसरी पनि महाधिवेशन गर्नैपर्ने बाध्यता काँग्रेसलाई परेको छ ।

नेकपा (माओवादी केन्द्र) पनि अहिले पार्टी सुदृढीकरणमा केन्द्रित बनेको छ । उसले पार्टी सदस्यता वृद्धि गर्न आवश्यक प्रक्रिया अघि बढाइसकेको भनेको छ । अब आउने निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी आ–आफ्नो स्तरबाट तीनै ठूला पार्टीले गरेका छन् । यसो भन्नु पार्टी सुदृढीकरण गर्ने र प्रशिक्षित गर्ने कार्यका लागि कार्यकर्ता तथा मतदातासमक्ष सकारात्मक सन्देश सम्प्रेषण गर्नु पनि हो ।
त्यसो त नेकपा (एकीकृत समाजवादी)ले पनि पार्टी सुदृढीकरणका लागि अहिले विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ । उसलाई सम्भावना र चुनौती दुवै छ । अहिले ऊ ‘पार्टीलाई उन्नत स्थितिमा लैजाउ कि आत्मसमर्पण गर’को स्थितिमा छ । उसले नागरिकलाई आपूmतिर आकर्षित गर्ने भनेको नीति तथा कार्यक्रमले हो । या त पूर्वपार्टीमा रहेका पूर्वपरिचित नेता तथा कार्यकर्तालाई आकर्षित गरेर लान सक्नुप¥यो, होइन भने पद, पैसा आदिको प्रलोभन दिएर भिœयाउनुपर्ने बाध्यता पनि हुनसक्छ । पार्टीमा आकर्षित भएर आइहाल्ने स्थिति नभए पनि नेकपा (माओवादी केन्द्र), नेकपा माओवादी वैद्य समूह, नेकपा माक्र्सवादी आदि दलहरूबाट कार्यकर्ता भिœयाउन सकिने भए पनि अझै त्यस्तो लहर आउन सकेको छैन । समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीहरूमा पनि सकेसम्म न्वारानदेखिकै बल लगाएर पार्टी विस्तारमा केन्द्रित हुनैपर्ने बाध्यता रहेको छ । एक भएका पार्टी आ–आफ्नो स्वार्थवश अलग्गिएपछि दुवै सङ्कटबाट गुज्रनु परिरहेको स्थिति छ । दुवैले महाधिवेशन गर्न सकेका छैनन् । तुरुन्तै महाधिवेशन गरी अद्यावधिक हुनुपर्ने अवस्था विद्यमान छ ।
विवेकशील साझा पार्टीभित्र पनि धेरै समस्या छन् । उनीहरू परस्पर झैझगडा र अन्तरकलहमा नै केन्द्रित छन् । नाम विवेकशील भने पनि विवेकहीन व्यवहार र साझा भने पनि अरू परम्परागत पार्टीहरूजस्तै पार्टीलाई अध्यक्षको व्यक्तिगत संस्थाझैँ सम्झन्छन् । त्यस्तै व्यवहार गर्ने गर्दा समस्या देखापर्छ र छुट्टिन्छन् । फेरि स्वार्थवश एक हुन्छन् । यिनीहरूको पनि महाधिवेशन गर्नुपर्ने स्थिति छ तर अझै गर्न सकेको देखिन्न । यद्यपि यस पार्टीप्रति जनताले आशापूर्ण नजर लगाइरहेका थिए । परस्पर अन्तरकलह, विद्रोह, पदलिप्सा नै देखेर जनता यो निष्कर्षमा पुगेका देखिन्छन् कि, पद र शक्ति प्राप्तिका हकमा चाहे युवा नेतृत्व होस् या बौद्धिक व्यक्तित्व वा अरू कुनै सबै नै निःस्वार्थ छैनन् ।

यदि पुराना पुस्ताका नेतृत्वको सोच, कार्यशैली र भ्रष्ट मनोवृत्तिबाट प्रशिक्षित र दीक्षित नभएका भए नेपाली काँग्रेसका सम्पन्न वडा र पालिका अधिवेशनहरू हेर्दा तथा नेकपा (एमाले)का सम्पन्न वडा र पालिकाहरूका अधिवेशनहरू हेर्दा एक किसिमको आशालाग्दो सङ्केत देखिएको छ । अहिले आएको नेतृत्व युवा र जुझारु पनि देखिएको छ । हुन त केन्द्रीय नेतृत्वको पदचापलाई पछ्याउने प्रवृत्ति नै हावी छ । केन्द्र तहमा उनीहरूलाई सम्मानजनक स्थान दिएर आपूm नेतृत्वमा आउने हिम्मत युवाले गरेको देखिन्न । यस्तो समस्या सबै दलभित्र छ । त्यसलाई प्रायः वडा तह र पालिका तहका पार्टी कमिटीले युवालाई उचित स्थान दिएर नेतृत्वमा पु¥याएका छन् । उनीहरूलाई उचित अवसर दिएर आवश्यक नेतृत्व क्षमता, सीप र राष्ट्रप्रेम नागरिकको कर्तव्य र नेतृत्वको रचनात्मक गुण विकसित गर्दै जानु जरुरी छ । युवा नेतृत्वमा अथाह जोश र काम गरेर देखाउने सुदृढ इच्छाशक्ति हुन्छ । जस्तोसुकै समस्यालाई पनि चिर्दै र भिड्दै उचित निकास दिने खुबी भएकै कारण पनि युवाको उपस्थिति अपेक्षित ठानिन्छ ।

राजनीतिक प्रणालीमा परिवर्तन गर्न युवाको जोशिलो र जुझारुपनलाई नेतृत्वले लड्ने र भिड्ने कार्यका निम्ति मात्र उपयोग ग-यो । फलस्वरूप उनीहरूमा आवश्यक नेतृत्वदायी ज्ञान, सीप र अभिवृत्ति विकसित हुन सकिरहेको देखिन्न । अझ भन्नुपर्दा उनीहरूमा सेवाको भावनाभन्दा सेवाबिनै मेवा प्राप्तिको भावना पैदा हुने हो कि भन्ने आशङ्का गर्ने गरिएको छ । अहिले विभिन्न मुलुकमा पुगेर त्यहाँ दुःख, हण्डर र ठक्कर खाएर तथा त्यहाँको कार्यशैली, समृद्धि र विकास देखेर, जानेर र भोगेर आएकाहरूमध्येका युवा पनि नेतृत्वमा आएका हुँदा आशा र अपेक्षा गर्न सकिन्छ । त्यस्ता युवा राजनीतिक नेतृत्वमा आएका हुनाले उनीहरूको सिर्जनशील सक्रियतामा स्थानीय तहमा हुने विकास निर्माण, शिक्षा र स्वास्थ्य आदिका क्षेत्रमा हुने विसङ्गतिलाई क्रमशः चिर्दै सुशासन र सुसङ्गति कायम हुँदै जाने प्रचुर सम्भावना पनि छ । तिनलाई अझै स्थानीय तहदेखि संसदीय तहका निर्वाचनमा निर्वाचित गरी नेतृत्वमा लान सकिए बिस्तारै सुधारका अभिलक्षण देखिने सम्भावना छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?