डा. धनपति कोइराला
चारवटा ठूला राजनीतिक दलको महाधिवेशन हालै सम्पन्न भएको छ । चारै दलको नेतृत्व चयन फरक–फरक शैलीमा भयो । कुनै दलले लोकतान्त्रिक विधि र पद्धति अनुसरण गरेर महाधिवेशन सम्पन्न गरे भने कुनै दलले नेतृत्वको व्यक्तिवादी शैलीलाई ताली बजाएर अनुमोदन गरे ।
नेकपा (एमाले)ले छोटो समयमै विधान महाधिवेशन सम्पन्न गरी त्यसको केही समयपछि चितवनमा महाधिवेशन ग-यो । उसले केन्द्रीय सदस्यबाहेक सबै पदमा सर्वसम्मतिबाट पदाधिकारी चयन गर्ने प्रयत्न गरे पनि सफल हुन सकेन । अन्ततः लोकतान्त्रिक विधि र पद्धति अनुसरण गरी उसले अध्यक्षसहित पदाधिकारी र सबै केन्द्रीय सदस्य चयन ग-यो ।
विशाल जनप्रदर्शनमार्फत उसले संसद् विघटन र सत्ताहीन हुन पुग्नुको कारण आफू नभई षड्यन्त्रकारीका कारणले हो भन्ने देखाउन खोजेको आभास मिल्छ । ठूलो पार्टी हुनुका नाताले उसले शक्ति र सामथ्र्य देखाउन राजनीतिक हिसाबले उपयुक्त भए पनि व्यवहारवादी मनोविज्ञानबाट आवश्यक थिएन भन्ने देखिन्छ । त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन ग-यो । राप्रपामा पनि नीति, कार्यक्रम, विधान तथा राजनीतिक दर्शनमाथि खासै छलफल भएन । उसले नीति, कार्यक्रम र राजनीतिक दर्शनका रूपमा राजसंस्थासहितको हिन्दु राज्य बनाउने सङ्कल्प प्रस्ताव पारित गरेर
छलफल टुङ्ग्यायो ।
केन्द्रीय सदस्यसहित पदाधिकारी चयन गर्ने विषयलाई उच्च महìव दियो र नेतृत्व चयनमा पनि लोकतान्त्रिक पद्धति नै अनुसरण ग-यो । यसमा राप्रपा अध्यक्षका प्रत्यासी कमल थापाको पराजय र राजेन्द्र लिङ्देनको जित भयो । यसले राजनीतिमा थोरै भए पनि नयाँ मोड दियो । थोरै राजनीतिक तरङ्ग पैदा ग¥यो । काठमाडौँमा भएको नेपाली काँग्रेसको महाधिवेशन ठोस रूपमा नीति, कार्यक्रम तथा राजनीतिक दर्शनमा केन्द्रित नभई नेतृत्व चयनमा नै सीमित रह्यो । उसले नेतृत्व चयनका निम्ति संविधानले सूचित गरेका विधि र पद्धति अनुसरण ग-यो । वडा, नगरदेखि केन्द्रीय महाधिवेशनबाट नेतृत्व चयन गर्ने क्रममा लोकतान्त्रिक विधि र पद्धतिलाई आत्मसात् ग-यो । यद्यपि काँग्रेसले अझै केही जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गर्न सकेको छैन । त्यसमा पनि उसले यसै पद्धतिलाई अनुसरण गर्ने स्पष्ट सङ्केत गरिसकेको छ । हुन त काँंग्रेसको क्रियाशील सदस्यताको विषय निकै चर्को रूपमा उठ्यो । त्यसलाई यथोचित सम्बोधन गरिएन ।
यी तीनवटा पार्टीका महाधिवेशन सम्पन्न भइसकेपछि नेकपा (माओवादी केन्द्र)ले आफ्नो महाधिवेशन ग-यो । उसले यसलाई तल्लो तहबाट नै एकमना सहमति, सहकार्य र पार्टी निर्देशनको परिपालना गर्ने महाधिवेशनका रूपमा लिए पनि सर्वत्र त्यो सम्भव भएको देखिएन । केन्द्रीय कमिटीलाई पूर्णता दिने विषयलाई भने उसले अधुरै छाड्यो ।
नीति, पद्धति र कार्यक्रम
खासगरी राजनीतिमा पार्टीले आगामी दिनमा अवलम्बन गर्ने नीति, पार्टी सञ्चालन गर्ने र जिम्मेवारी बाँडफाँट गर्ने पद्धतिका विषय महìवपूर्ण मानिन्छ । यसमा नेकपा (एमाले) विशेष रूपमा देखाप-यो । उसले पहिले विधान महाधिवेशन नै गरेर आपूm विशेष रहेको छनक दिन खोज्यो । पार्टीको मार्गनिर्देशक सिद्धान्त मानिएको मदन भण्डारीद्वारा प्रस्तुत जनताको बहुदलीय जनवाददेखि नीति, पद्धति र कार्यक्रमबारे तीन दिनसम्म विभिन्न समूहमा छलफल चलायो र पछि तिनै विषयलाई समेटेर प्रतिवेदन तयार पा¥यो । यद्यपि यसका सबल र दुर्बल दुवै पक्ष देखिन्छन् । त्यसमाथि विभिन्न कोणबाट आलोचना र टिप्पणी मात्र भएन, खुलेर प्रशंसा पनि गरियो ।
विधान महाधिवेशनले पारित गरेका पदाधिकारी सङ्ख्यालाई नेतृत्व चयनमा केन्द्रित महाधिवेशनको सभाले संशोधन गरेकाले फेरि पनि त्यसको आलोचना भयो । तथापि उसले दिन खोजेको सन्देश थियो, नेकपा (एमाले) नेतृत्व चयनमा मात्र केन्द्रित हुँदैन, पार्टीको राजनीतिक दर्शन, नीति, पद्धति र कार्यक्रममा केन्द्रित हुन्छ । राजनीतिक दर्शनको रुझानबाट पार्टीलाई सञ्चालन गर्छ । उसले नेता र नेतृत्वप्रधान पार्टी नभएर राजनीतिक दर्शन र नीतिप्रधान पार्टी भएको सङ्केत दिन चाहेको देखिन्छ ।
नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले)ले झैँ छुट्टै विधान महाधिवेशन नगरे पनि बन्दसत्रमा पार्टीको दर्शन, नीति, पद्धति र कार्यक्रमबारे घनीभूत छलफल ग-यो । विभिन्न समूह बनाएर त्यसमाथि बहस, छलफल र भिन्न राय प्रस्तुत गरिएको पाइयो । प्रचण्डपथ ब्युँताउनेदेखि नेताले अपनाउनुपर्ने जीवन शैलीबारे हिजो भएका र अब गरिनुपर्ने विषयमा टीकाटिप्पणी पनि गरिए । ती सबैलाई समेटेर प्रतिवेदन बन्यो । काँग्रेसमा संस्थापक बीपी कोइरालाको अवसानपछि त्यस्तो बहस भएको देखिन्न ।
कोइरालाले नै त्यो समयमा नेपाली माटोअनुरूप व्याख्या र विश्लेषण गरी तयार पारेको समाजवादलाई नै उसले अझै पनि मार्गनिर्देशक सिद्धान्तका रूपमा अँगाल्दै आएको छ । व्यावहारिक रूपमा नेतृत्व वा नेताप्रधान पार्टी रहँदै आएको छ । यद्यपि कम्युनिस्ट भनिएका माथि उल्लिखित पार्टीले जति नै सिद्धान्त र आदर्शका राग अलापे पनि वर्तमानमा नेतृत्व वा नेताप्रधान नै बन्दै आएका छन् । यस अर्थमा काँग्रेसलाई मात्र नेतृत्वप्रधान पार्टी भनेर सीधै आलोचना गरिहाल्नु उपयुक्त हुँदैन । उसकै पदचाप पछ्याउँदै झन्डै दुई–तीन दशकदेखि कम्युनिस्ट पार्टी पनि हिँडिरहेका देखिन्छन् ।
जहाँसम्म राप्रपाको विषय छ, यसमा त्यस्तो राजनीतिक दर्शन, नीति, पद्धति र कार्यक्रम रहेको देखिन्न । सुशोभित राजतन्त्रात्मक व्यवस्थाको पुनस्र्थापना तथा हिन्दुसापेक्ष राज्यको पुनस्र्थापना गर्नु हो । गणतन्त्रवादी पार्टीको आलोचना गर्नु र उनीहरूका कमीकमजोरी उछालेर राजनीति गर्नु यसको खास उद्देश्य हो । यसर्थ राजनीतिक दर्शन, नीति, पद्धति र कार्यक्रममा कम्युनिस्ट पार्टी अघि जस्तो देखिएका छन् । काँग्रेस उसको सापेक्षमा कमजोर तर सिद्धान्तमा राम्रा देखिएका पनि व्यवहारमा भने दुर्बल । यस दृष्टिले काँग्रेस त यसै दुर्बल रह्यो नै, सबल भनिएका पनि व्यवहारमा रहे कमजोर नै । यसर्थ तात्त्विक अन्तर देखिन्न यहाँ ।
नेतृत्व चयन
युवा र सचेत नागरिक एमाले, माओवादी केन्द्र, काँग्रेस, समाजवादी पार्टी आदि सबै पार्टीका अध्यक्ष र सभापतिदेखि वरिष्ठ नेताको एक पटक परीक्षण भइसकेको हुँदा उनीहरू फेरि पनि नेतृत्वमा आउनु यथास्थिति हो भन्ने ठान्दछन् । राप्रपाबाहेक सबै दलका नेतृत्वमा आए पुरानै चरित्र । केही युवा पदाधिकारी भए पनि उनीहरूमा नयाँ पनि केही देखिँदैन । भोलि उघ्रेला कि क्षितिज भन्ने झिनो आशा जाग्नुको अलावा तत्कालै नयाँपन, परिवर्तनको आशा, अपेक्षा र भरोसा राख्नु युक्तियुक्त हुँदैन ।
जनप्रदर्शन र सन्देश
जनप्रदर्शनका दृष्टिले हेर्दा महाधिवेशन सँगसँगै सत्ताबाट तिरोहित हुनु भनेको आफ्नो गल्ती कमीकमजोरीले नभई प्रचण्ड, माधवकुमार नेपाललगायतका नेता र नेतृत्वको बदनियतका कारण हो भन्ने सन्देश दिन पनि एमालेले शक्ति प्रदर्शन गरेको देखियो । अझ उसले संसद् विघटन अनुमोदित भएको छ भन्ने झल्को दिन खोजेको देखिन्छ । उसका सापेक्षमा अन्य दलमा त्यस्तो जनप्रदर्शन गरिएको देखिएन । काँग्रेसले सांस्कृतिक प्रस्तुति र जनवर्गीय सङ्घ सङ्गठनको उल्लेखनीय सहभागिता रहेको भए पनि त्यस्तो भव्यता देखिएन । माओवादी केन्द्र र राप्रपाले आआफ्ना पन र सांस्कृतिक पक्ष उजागर गरे पनि त्यो भव्यता प्रदर्शन गर्न सकेको देखिएन । यद्यपि उनीहरूले जनप्रदर्शनका नाममा जनतालाई सास्ती हुने कार्य नगर्ने प्रतिक्रिया दिएका थिए । उनीहरूको प्रभातफेरी, सांस्कृतिक प्रदर्शन र अधिवेशनको रन्कोका चापमा घण्टौँसम्मको टा«फिक जामले परीक्षार्थी र यात्रीलाई सास्ती भएको बिर्सन मिल्दैन यहाँ ।