logo
२०८१ बैशाख २१ शुक्रवार



मानव संसाधनको व्यवस्थापन

सङ्गठनमा उपलब्ध सबै जनशक्ति सङ्गठनका पँुजी हुन्

विचार/दृष्टिकोण |


मानव संसाधनको व्यवस्थापन


डा. दामोदर रेग्मी

मानव संसाधन व्यवस्थापन सार्वजनिक प्रशासनको महत्त्वपूर्ण व्यवस्थापकीय आयाम हो । उद्देश्यसहितको कुनै निश्चित कार्य, निश्चित विधिपूर्वक सम्पादन गरी अपेक्षित उपलब्धि हासिल गर्न विविध साधन र स्रोतको आवश्यकता पर्छ । यसमध्ये मानवस्रोत एउटा महत्त्वपूर्ण साधन हो । मानवस्रोतलाई मानवशक्ति, श्रमशक्ति, जनशक्ति पनि भन्ने गरिन्छ । मानवस्रोत व्यवस्थापनलाई प्रतिभा व्यवस्थापन पनि भनिन्छ । मानवशक्तिले अन्य साधनस्रोतहरू पुँजी, प्रविधि, प्रक्रिया, वस्तु र सूचनाको उपयोग र प्रभावकारितामा अभिवृद्धि ल्याउन सक्ने तथा आफैँमा संवेदनायुक्त महìवपूर्ण स्रोत हो । मानव संसाधनको विवेकपूर्ण व्यवस्थापन गरिनु नै प्रतिभा व्यवस्थापन हो ।

मानव संसाधनको महìव राष्ट्रको सर्वाङ्गीण विकासको दृष्टिले साधन र साध्य दुवै आयामबाट महत्त्वपूर्ण मानिन्छ । साधनको रूपमा यसको परिचालनबिना विकास निर्माणका कार्य सम्भव हुँदैन भने साध्यको रूपमा मानव संसाधनको विकास नै राष्ट्रिय विकासको अन्तिम लक्ष्य हो । राष्ट्रिय विकासको लक्ष्य हासिल गर्नका लागि सार्वजनिक क्षेत्रमा पनि मानवस्रोतको योजना, विकास, संवद्र्धन र समुचित उपयोग अनिवार्य छ । मानव संसाधन आर्थिक तथा सामाजिक विकासको मुख्य आधार पनि हो ।
मानव संसाधन व्यवस्थापनको अभ्यास मानव सभ्यताको विकासक्रमसँगै हुँदै आएको हो । यद्यपि, यसको व्यवस्थित विकास सुरु भएको भने केही दशक मात्र भएको छ । मानवस्रोतको प्रभावकारिताबाट अन्य साधनस्रोत पुँजी, औजार, वस्तु, सूचनाको परिचालनमा प्रभावकारिता ल्याउन सकिने भएकोले मानवस्रोत स्वतन्त्र चर हो भने अन्य साधनस्रोतहरू मानवस्रोतको प्रभावकारितामा निर्भर रहने आश्रित चर हुन् । यसर्थ मानव स्रोत व्यवस्थापन महìवपूर्ण र आवश्यक व्यवस्थापकीय संयन्त्रको रूपमा चिनिने गरेको हो ।
प्रतिभा व्यवस्थापनको अवधारणा सन् १९९७ देखि प्रयोगमा आउन थालेको हो । प्रतिभा व्यवस्थापनको अवधारणाले मानवशक्तिलाई दायित्वभन्दा पनि पुँजीको रूपमा लिने गर्छ । कसरी कर्मचारी विशेषको दक्षतालाई साङ्गठनिक लक्ष्य प्राप्तिमा उपयोग गर्न सकिन्छ भन्ने उद्देश्यबाट अभिप्रेरित गर्ने गर्छ । साधारण अर्थमा प्रतिभा व्यवस्थापन सङ्गठनमा उपलब्ध जनशक्तिको विवेकपूर्ण उपयोग हो । प्रतिभा व्यवस्थापनको यो बुझाइले सङ्गठनमा प्राप्त भइसकेका जनशक्तिको उपयोग नै प्रतिभा व्यवस्थापन हो भन्ने मात्र अर्थ लाग्न सक्छ । तर प्रतिभा व्यवस्थापन मानवस्रोत व्यवस्थापनको समग्र पक्ष र चक्रसँग सम्बन्ध राख्ने विषय हो । मानव संसाधन व्यवस्थापन नियुक्तिपूर्व र अवकाशपश्चात्का विषयसँग सम्बन्धित छ भने प्रतिभा व्यवस्थापन यसको अतिरिक्त उत्कृष्ट जनशक्तिको प्राप्ति, विकास, प्रयोग र सङ्गठनमा टिकाइराख्ने विषयसँग पनि सम्बन्धित छ । प्रतिभा व्यवस्थापनमा प्राप्तिपूर्वको चरण, प्राप्तिको चरण, उपयोग र विकासको चरण तथा बहिर्गमनपश्चात्को चरण गरी चार चरण रहने गर्छन् ।

जनशक्ति योजना प्रतिभा व्यवस्थापनको प्राप्तिपूर्वको चरणमा पर्छ । साङ्गठनिक उद्देश्य प्राप्तिद्वारा राष्ट्रिय उद्देश्य प्राप्तिका लागि प्रतिभावान मानवस्रोत सबभन्दा महìवपूर्ण पक्ष हो । यस चरणमा सङ्गठनका लागि आवश्यक पर्ने उमेर समूह, योग्यता र सीपको क्षेत्र, विज्ञताको क्षेत्र आदिको विश्लेषण गरिन्छ र सोअनुरूप त्यस्ता जनशक्तिको उत्पादन गर्ने रणनीति लिइन्छ । जनशक्ति योजना साङ्गठनिक र राष्ट्रिय तह गरी दुई तहमा निर्माण हुने गर्छ । यी दुवै तहको आवश्यकताको आधारमा विभिन्न शैक्षिक संस्थाहरूले लामो समयको अन्तरालपछि श्रम बजारमा क्षमतावान र प्रतिभावान जनशक्ति तयार गर्ने गर्छन् ।
क्षमतावान जनशक्तिको प्राप्ति गर्ने प्रक्रिया प्रतिभा व्यवस्थापनको अर्को महìवपूर्ण चरण हो । श्रम बजारमा उपलब्ध जनशक्तिमध्ये सङ्गठनलाई आवश्यक पर्ने क्षमतावान जनशक्तिको प्राप्ति गर्ने प्रक्रिया यसअन्तर्गत पर्छ । यसमा कुनै निश्चित सङ्गठनका लागि आवश्यक जनशक्तिलाई छनोटको विशिष्ट मापदण्ड तयार गरी विभिन्न प्रतिस्पर्धाको माध्यमद्वारा क्षमतावान जनशक्तिलाई सङ्गठनमा प्राप्त गर्ने गरिन्छ । सङ्गठनका लागि आवश्यक जनशक्ति प्राप्तिका लागि अपनाइने छनोट प्रक्रियामा विभिन्न आधार अपनाइन्छ । यसमा प्रतिस्पर्धाको आधार, निष्पक्षताको आधार, प्रतिस्पर्धामा समान रूपमा सहभागिता जनाउन पाउने अवसरको आधार, सहभागीहरूको प्रतिस्पर्धालाई तटस्थ र निष्पक्ष रूपमा परीक्षण गर्नेे आधार र जनशक्तिको सेवासुविधा र सेवा अवधिको आधारजस्ता पक्ष रहेका हुन्छन् ।
जनशक्ति प्राप्तिका लागि अपनाइने प्रक्रियालाई व्यवस्थापकीय भाषामा पदपूर्ति भन्ने गरिन्छ । पदपूर्ति सम्बन्धमा लुट प्रणाली, योग्यता प्रणाली र मिश्रित प्रणाली चलनचल्तीमा रहेका छन् । योग्यता प्रणालीमा सङ्गठनमा आवश्यक पर्ने जनशक्तिलाई निष्पक्षता र प्रतिस्पर्धाको आधारमा छनोट गरिन्छ । सर्वसाधारणको सहज पहुँच र निष्पक्ष छनोट प्रणालीको कारणले योग्यता प्रणाली पदपूर्तिको लागि उचित मानिएको छ ।
श्रम बजारमा उपलब्ध क्षमतावान जनशक्तिको प्राप्तिले मात्र सङ्गठनको आवश्यकता पूर्ति हुँदैन । यस्तो क्षमतावान जनशक्तिलाई क्षेत्रगत विज्ञताको आधारमा काममा उपयोग गर्ने प्रक्रिया प्रतिभा व्यवस्थापनको महìवपूर्ण चरण हो । विभिन्न चरणको प्रतिस्पर्धात्मक छनोट प्रक्रिया पार गरेर आएका जनशक्तिलाई विभिन्न आधारमा प्रयोग गर्ने गरिन्छ । यसमा पहिलो विज्ञताको आधार हो, जसमा जुन कामको लागि लिइएको हो, सो काममा लगाउने क्षेत्र पर्छ । दोस्रोमा योग्यता, सीप, दक्षता, अनुभव आदिको आधारमा कार्य विनियोजन गर्ने गरिन्छ । यसैगरी तेस्रोमा परिणाम र उत्तरदायित्वको आधार पर्ने गर्छ । कार्य विवरणको आधारमा काममा लगाउने, कुन काम के कसरी कुन प्रक्रियाद्वारा सम्पादन गरिने हो, सोको स्पष्ट आधार तोक्ने तथा कार्य सम्पादन मूल्याङ्कन प्रणाली पर्छ ।
जनशक्ति प्रयोगको अर्को आधार सक्षमताको आधार हो, जसमा योग्यता, अनुभव र दक्षतालाई हेरेर काममा लगाउने गरिन्छ । यसैगरी स्थानअनुरूप व्यक्तिको उपयुक्तताको आधारमा सही व्यक्तिलाई सही ठाउँमा पदस्थापन गर्ने गरिन्छ । उत्प्रेरणाको आधारमा आकर्षक वृत्तिमार्ग, कार्य परिवर्तन, कार्य विस्तृतीकरण, कार्य पुष्टिकरण, आकर्षक तलवमान र उत्प्रेरणाका मौद्रिक तथा गैरमौद्रिक माध्यमद्वारा क्षमतावान जनशक्तिलाई सङ्गठनको लक्ष्यप्राप्तिमा उपयोग गर्ने गरिन्छ ।
जनशक्ति प्रयोगको अर्को महìवपूर्ण विषय क्षमतावान जनशक्तिलाई सङ्गठनमा टिकाइराख्ने आधार हो । यसमा आकर्षक, पूर्वानुमानयुक्त र पारदर्शी वृत्तिमार्गको अवलम्बनद्वारा सङ्गठनमा क्षमतावान जनशक्ति आकर्षण गर्ने र टिकाइराख्ने रणनीति लिइन्छ । यस अतिरिक्त काम अनुसारको तलवभत्ता र अन्य सुविधाहरू, मौद्रिक तथा गैरमौद्रिक प्रोत्साहन व्यवस्था, सेवा सर्तको सुरक्षा र सेवा अवधिको सुरक्षा, बिदा, उपचार खर्च र पारिवारिक तथा सामाजिक संस्कारको सम्मान, सुमधुर सम्बन्धसहितको परिवारको अवधारणा, पेसागत व्यवसायिकताको प्रवद्र्धनजस्ता विषय जनशक्ति व्यवस्थापनका अपरिहार्य आवश्यकता हुन् ।

सङ्गठनमा उपलब्ध जनशक्तिलाई कार्यशैली, प्रविधि, विकसित नवीनतम प्रवृत्तिसँग परिचित गराई कार्य सहजताका साथ सम्पादन गर्नसक्ने कौशल वृद्धि गराउन तालिमको अहं भूमिका रहेको हुन्छ । जनशक्ति विकास मानवस्रोत व्यवस्थापनका अवयवहरूमध्ये महत्त्वपूर्ण र प्रभावकारी अवयवको रूपमा चिनिने गर्छ । सङ्गठनमा एक पटक लिइएको जनशक्तिलाई समय, प्रविधि, अवधारणा, कार्यक्षेत्रमा आएको परिवर्तनको परिवेशमा सामयिक रूपमा परिमार्जित र विकास गरिनुपर्ने नीति जनशक्ति व्यवस्थापनको सन्दर्भमा महत्त्वपूर्ण मानिन्छ । मानवस्रोत व्यवस्थापनमा विकासको महत्त्वपूर्ण स्थान रहेको छ । जनशक्ति विकास वा तालिम निरन्तर चलिरहने प्रक्रिया हो । यसले समय र प्रविधिमा आएको परिवर्तनसँगै ज्ञान, सीप र मनोवृत्तिमा सकारात्मक परिवर्तन ल्याई जनशक्तिलाई सङ्गठनको कार्य सम्पादनमा सदा चुस्तदुरुस्त रहन सहयोग पु-याउँछ । तालिमको आधुनिक मान्यताअनुसार तालिमले जनशक्तिलाई वर्तमान आवश्यकताअनुसार र भावी आवश्यकताअनुसार चल्नसक्ने बनाउन सक्नुपर्छ भन्ने अवधारणाको विकास भएको छ ।
जनशक्ति व्यवस्थापनको अन्तिम चरण बहिर्गमनको चरण हो । यसमा अवकाश योजना, अवकाश र अवकाश व्यवस्थापन पर्छ । अवकाशका आधारहरू अनिवार्य अवकाशको हद, पदावधिको आधारमा अवकाश, बाध्यात्मक अवकाश र स्वेच्छिक अवकाश पर्छ । लामो समय सङ्गठनमा आबद्ध जनशक्तिको अवकाशपश्चात्का व्यवस्थापन अर्को महìवपूर्ण व्यवस्थापकीय आयाम हो । यसमा निवृत्तिभरण, उपदान, पारिवारिक निवृत्तिभरण, तलव वृद्धिको आधारमा निवृत्तिभरणमा थप, अवकाशपश्चात् विज्ञताको अनुभव लिन सकिने व्यवस्था तथा अवकाशपश्चात्को जीवनलाई सक्रिय तथा सकारात्मक बनाउने विषयहरू पर्छन् ।

सङ्गठनमा उपलब्ध सबै जनशक्ति सङ्गठनका पंँुजी हुन् । तथापि, केही जनशक्तिको क्षमता सङ्गठनमा अन्य जनशक्तिको क्षमताभन्दा निकै बढी हुन्छ र यिनीहरू सङ्गठनको दैनिक कार्यलाई व्यवस्थित गर्न, अपेक्षित परिणाम निकाल्न र सङ्गठनको साख अभिवृद्धि गर्न प्रखर साबित भएका हुन्छन् । यसर्थ यिनीहरूलाई समूहगत कार्य, टोलीगत कार्य, विशेष भूमिका, समन्वयकारी भूमिका आदिद्वारा उनीहरूको क्षमताको प्रयोग गर्न सकिन्छ । साथै सङ्गठनमा ऊर्जाशील, उत्पादनशील र सिर्जनशील जनशक्तिको अन्यत्र हुनसक्ने पलायनलाई पनि रोक्नुपर्ने हुन्छ । जब सङ्गठनमा कहिलेकाहीँ क्षमताले महìव नपाइ गणेश प्रवृत्ति, आफ्नोपन, आसेपासे र गुट विशेषको प्राधान्यता बढ्दै जान्छ, तब यी ऊर्जाशील, उत्पादनशील र सिर्जनशील जनशक्तिले पलायनको बाटो रोज्छन् । आफ्नो क्षमताको अवमूल्यन भइरहेको आभास पाएपछि अन्तरमनमा रहेको नैराश्यको भुँमरीमा आफूलाई सीमित गर्न बाध्य हुन्छन् । यो हुनु पुँजीको दुरुपयोगको अवस्था हो । भनिन्छ– चिने श्रीखण्ड, नचिने खुर्पाको बीँड । आज अधिकांश सार्वजनिक निकाय पुँजी दुरुपयोगको रोगबाट ग्रसित छन् । यो प्रवृत्ति झाङ्गिँदै जानु हुँदैन अनि मात्र हाम्रा सङ्घीय प्रशासनिक संरचना अझ ऊर्जाशील, सिर्जनशील, उत्पादनशील र परिणाममुखी बन्न सक्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?