logo
२०८० चैत्र १६ शुक्रवार



शान्तिपूर्ण बाटो खोज्दै कोरिया

विचार/दृष्टिकोण |




रामप्रसाद आचार्य
एसियाको सानो मुलुक उत्तर कोरियाले अन्ततः शान्तिको बाटो समाउँदै छ । बेला बेलामा आणविक अस्त्र परीक्षण गरेर अमेरिका, दक्षिण कोरिया र जापानलाई तर्साउने गरे पनि मुलुकको हितका लागि शान्तिपूर्ण बाटोको विकल्प नभएको उसको ठम्याइँ छ । २६ वर्षको कलिलो उमेरमा सत्ता सम्हालेका किम जोङ उन यो एक दशकको अवधिमा आफ्नो आणविक शक्तिलाई पूर्णता दिएर पनि अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा महìवपूर्ण उपलब्धि हासिल गर्न सफल हुनुभएको छ । उहाँले विश्वको पहिलो शक्ति राष्ट्र अमेरिकाका राष्ट्रपतिसँग दुई पटक शिखर वार्ता गर्नुभयो । साथै पहिलो पटक अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली भूमि टेक्नुभयो । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड टम्प र उत्तर कोरियाली नेता किमबीचको शिखर वार्तालाई विश्वले उच्च महìव दियो । यो वार्तासँगै अमेरिका र उत्तर कोरियाबीचको तनावमा कमी आएको छ । अब थप वार्ता गरी अमेरिका र अन्तर्राष्ट्रिय समुदायले लगाएको प्रतिबन्ध हटाउन पहल गर्नुपर्ने अवस्था छ ।

किमले प्रतिद्वन्द्वी दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग वार्ता गरी सन् १९५० देखि ५३ सम्म भएको कोरियाली युद्ध र त्यसपछिको तनावलाई अन्त्य गर्ने प्रयास गर्नुभएको छ । यो युद्ध प्राविधिक रूपमा टुङ्गिएको छैन, अहिलेसम्म शान्ति सम्झौता भएको छैन । त्यही भएर युद्धको विधिवत अन्त्य गर्ने विषयमा दुवै देशको उच्च नेतृत्व तहमा वार्ता हुनु र सहमतिको नजिकमा पुग्नु सुखद सन्देश हो ।

किमले छिमेकी चीन र रुससँगको सम्बन्धलाई उच्च महìव दिनुभएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता गर्नुभएको छ । यसले युवा नेता किममा परिपक्वता आएको र मुलुकलाई भरपर्दो नेतृत्व दिन सफल भएको पुष्टि भएको छ । उहाँको एक दशक लामो शासन बाबु र बाजेको भन्दा सहज भएको छ ।

विश्वबाटै एक्ल्याइएको कम्युनिस्ट मुलुक उत्तर कोरिया किम जोङ इलको निधनसँगै कसरी सम्हालिएला भन्ने चिन्ता सर्वत्र थियो । उहाँका २६ वर्षे छोरा किम जोङ उनले सत्ता सम्हाल्दा अपत्यारिलो लाग्ने अवस्था एक दशकमै नाटकीय रूपमा सम्हालिएको मात्रै छैन विश्वमै एउटा शक्तिका रूपमा चर्चामा छ । पारिवारिक विरासतका रूपमा बाजे किम इल सुङ, छोरा किम जोङ इल र नाति किम जोड उनका पालामा आइपुग्दा उत्तर कोरियाली सत्ताले धेरै उतारचढाव पार गरेको छ । कम्युनिस्ट शासन भए पनि उत्तर कोरिया अब क्रमशः खुलापन र नागरिक स्वतन्त्रताका लागि उदारवादमा जानुको विकल्प छैन ।

किम इल सुङको नेतृत्वमा जापानी उपनिवेशबाट सन् १९४५ मा स्वतन्त्र भएसँगै सन् १९४८ मा कोरिया विभाजित भयो । उत्तर कोरियामा किम इल सुङको नेतृत्वमा कम्युनिस्ट शासन र दक्षिण कारियामा प्रजातान्त्रिक शासन सुरु भयो । सन् १९५० देखि ५३ सम्म भीषण कोरियाली युद्ध भयो । युद्धबाट दुवै मुलुक तहसनहस भए । युद्ध रोकिएसँगै तनावका बीचमा पनि दुवै मुलुकले आ–आफ्नै ढङ्गले मुलुकको विकास गरे । उत्तर कोरियाले सैन्य र आणविक शक्तिको विकास ग-यो भने दक्षिण कोरियाले आर्थिक विकास गरी मुलुकलाई सशक्त बनायो । युद्ध अन्त्य भएको विधिवत घोषणा र शान्ति सम्झौता अहिलेसम्म नहुँदा कुनै पनि बेला फेरि युद्ध हुने हो कि भन्ने शङ्का अन्त्य नहुँदा अन्योल कायमै छ तर अब दुवै मुलुकले युद्ध चाहेका छैनन् । पछिल्ला दिनमा सम्बन्ध सुधार र तनाव घटाउने प्रयास जारी छ ।

विभाजित दुई कोरियालाई एकीकरण गर्न किम इल सुङले प्रयास गर्नुभयो तर सफल हुनु भएन । उहाँको १९९४ मा निधन भयो । त्यसपछि उहाँका छोरा किम जोङ इलले सत्ता सम्हाल्नुभयो । उहाँको शासन कालमा सन् २००६ मा उत्तर कोरियाले परमाणु अस्त्र परीक्षणमा सफल भई परमाणु अस्त्र सम्पन्न मुलुक बन्यो । उहाँको सन् २०११ मा निधन भयो । उहाँको निधनपछि उहाँका छोरा किम जोङ उन सत्तामा आउनुभयो । उहाँले परमाणु अस्त्र परीक्षणलाई नयाँ उचाइमा पु-याउनुका साथै अमेरिका, चीन, रुस र दक्षिण कोरियासँग वार्ता गरी तनाव घटाउने काम गर्नुभएको छ । अहिले उहाँ ३६ वर्षको हुनुभयो । उहाँले सत्ता सम्हालेको यो १० वर्षको अवधिमा मुलुक विश्वमाझ स्थापित भएको छ । दुई कोरियाबीच विधिवत् रूपमा युद्ध अन्त्य भएको घोषणा गर्दै शान्ति सम्झौता हुन सक्यो भने कोरिया प्रायद्वीपमा स्थायी शान्तिको मार्गप्रशस्त हुनेछ । यसका लागि अमेरिका र चीनले विशेष भूमिका खेल्नुुपर्ने अवस्था देखिएको छ ।

१० वर्षअघि उत्तर कोरिया विलापमा रहेको हिउँ परिरहेको बिहान राजधानी प्योङयाङमा आफ्ना बुवाको शव बोकिरहेको गाडीको साइडमा विश्वले देखेको थियो, किम जोङ उनलाई । बुवाको निधनपछि किमलाई त्यहाँको राज्य टेलिभिजनबाट उत्तराधिकारीको रूपमा घोषणा गरिएको थियो । उहाँ लामो कालो कोट, हजुरबुवा किम इल सुङको याद गराउने कपालको स्टाइलमा सार्वजनिक रूपमा पुर्खाको बिडो थाम्न अघि सर्नुभयो ।
त्यतिबेला २६ वर्ष उमेरका किमलाई नपत्याउनेहरूले अहिले उहाँ लामो समय उत्तर कोरियाको नेतृत्व गर्ने विश्वास गर्न थालेका छन् । किममा निरङ्कुश स्वभाव र नेतृत्व क्षमताको अभाव होला भन्ने धेरैलाई लागेको थियो तर यस अवधिमा उहाँले आफूलाई परिपक्व र सहज नेताका रूपमा स्थापित गर्न सफल हुनुभयो ।

अहिले कोरोना महामारीमा उत्तर कोरियाले बनाएको रणनीतिले मुलुक जोगियो । कोरानाबाट क्षति हुन दिइएन यसले पनि किमलाई झन् बलियो बनाएको छ । सन् २०१२ मा पहिलो पटक किमले आफ्ना स्व. हजुरबुवाको जन्मोत्सवमा सार्वजनिक रूपमा भाषण दिनुभयो जुन उत्तर कोरियाको इतिहासमा महìवपूर्ण दिन हो । त्यस क्रममा उहाँले शक्तिशाली समाजवादी देश निर्माण गर्ने आफ्नो स्व. बुवाको चाहनालाई अघि बढाउने वाचा गर्नुभएको थियो । त्यसको करिब एक वर्षभन्दा छोटो समयमै सन् २०१३ को फेबु्रअरीमा किमले पहिलो र उत्तर कोरियाले तेस्रो परमाणु अस्त्रको परीक्षण ग¥यो । किमको यो कदमले विश्वलाई नयाँ कडा सन्देश दियो, खास गरी उहाँमाथि गम्भीर नबनेको अमेरिकाले पनि । त्यसै बेला किमले आणविक कार्यक्रम र अर्थतन्त्रलाई एकै साथ विकास गर्ने ‘प्योङजिन’ नीतिको घोषणा गर्नुभयो ।

त्यसयताका केही वर्षमा उत्तर कोरियाले आफ्नो सैन्य क्षमताको व्यापक विकास, अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र, लामो र छोटो दूरीका क्षेप्यास्त्र एवं तीनवटा भूमिगत आणविक विस्फोट गराएको छ । सैन्य विकासभन्दा बाहिर किमले आफ्ना बुवा किम जोङ इल र हजुरबुवा किम इल सुङले नसकेको कूटनीतिक विजय हात पार्नुभयो ।

सन् २०१८ मा किमले सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखरवार्ता गर्नुभयो । त्यसको एक वर्षपछि सन् २०१९ मा दुई कोरियाको सीमा क्षेत्रमा उहाँहरूबीच दोस्रो शिखर वार्ता भयो । यी शिखर वार्तामा दुई देशबीचको सम्बन्ध नयाँ किमिसले अघि बढाउने र तनाव घटाउने विषयमा छलफल भएको थियो ।

ट्रम्प, चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनलगायतका विश्व नेताहरूसँगको भेटवार्ताको शृङ्खलाले उत्तर कोरियाको आणविक समस्या समाधान गर्नेतर्फ प्रगति गर्नुका साथै किम र उत्तर कोरियाको विश्वव्यापी स्थानलाई एक नयाँ उचाइ दिएको देखिन्छ ।

गत जनवरीमा कोरियाको सत्तारुढ वर्कर्स पार्टीको आठौँ महाधिवेशनले किमलाई पार्टीको सर्वोच्च पद महासचिवका रूपमा अनुमोदन गरेपछि उहाँ थप शक्तिशाली बन्नुभएको छ । किमका बुवाले सैन्य क्षमतालाई प्राथमिकता राखेझैँ किमले नागरिकलाई पहिलो प्राथमिकता राख्नुभएको छ । यस्तै किमका हजुरबुवाको समाजवादी राज्य नीति भन्दा पर किमले देशभक्ति र उत्तर कोरियाली राज्यको निर्माणलाई प्राथमिकता दिनुभएको छ ।

अब किमले आफ्नो मुलुकमाथिको अमेरिकी र अन्य प्रतिबन्ध हटाउन थप विश्वास जित्न आवश्यक छ । अमेरिकी राष्ट्रपति जोए बाइडेनले पनि उत्तर कोरियाप्रति चासो राख्नु भएको छ । ट्रम्पलेझैँ उहाँले पनि किमसँग शिखर वार्ता गरी कोरियाली समस्याको दीर्घकालीन समाधानको बाटो पहिल्याइदिनुभयो भने निश्चय नै एसिया र पूरै विश्वकै लागि महìवपूर्ण काम हुनेछ । यसबाट सात दशक लामो विवादको अन्त्य भई कोरियामा शान्तिको बिहानी छाउनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?