‘राजा’ पिराहा जेपी
गोरखापत्र अनलाइन
चैत्र २१, २०७७ शनिबार
जागृतप्रसाद भेटवाल (जेपी भेटवाल) सादा जीवन उच्च विचारमा अडिग स्वाभिमानी, सङ्घर्षशील, इमानदार, निष्ठावान व्यक्तित्वको नाम हो । मेरो आमाबुवाले भन्नुभएअनुसार उहाँ २००९ सालमा जन्मँदा घोप्टो परेर जन्मनुभएको थियो । त्यसबेला उहाँका हजुरबुवा दिल्लीध्वज भेटवालले नाति घोप्टो परेर जन्मियो, यसले राजा पिर्छ भनेर पिरोलिनुभयो र शान्ति स्वस्ति पनि गर्न लगाउनुभयो रे ! नभन्दै साँच्चै उहाँ सुरुदेखि नै राजा र पञ्चायती व्यवस्थाविरुद्धमा...