प्रतिष्ठित तह, सबल सङ्घीयता (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
श्रावण ६, २०७७ मंगलवार
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अभ्यासमा जनताका धेरै महŒवाकाङ्क्षा जोडिएका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन गरिएको छ । सङ्घीयताले साँचो अर्थमा स्थानीय तहलाई गाउँगाउँको सरकार कल्पना गरेको छ । जनताका घरआँगनको सरकार भएकाले नागरिकका जन्मदर्तादेखि...