logo
२०८१ मंसिर ९ आईतवार

पुल नहुँदाको सास्ती (फोटो फिचर)

प्रदेश |
फोटो फिचर |


2021-08-11-44169


टीकाबहादुर बस्नेत
दाङ, साउन २७ गते । दाङका खोलामा पक्की पुल नहुँदा हरेक वर्ष जनताहरुले सास्ती बेहोर्दै आएका छन् । जिल्लाको घोराही तुलसीपुर सडक खण्डमा पर्ने पत्रेखोला, सेवार खोला र हापुर खोलामा पक्की पुल नबन्दा यात्रुहरुले सास्ती बेहोरेका मात्रै छैनन्, जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
अबिरल वर्षापछि उत्तर दक्षिण भएर बग्ने खहरे खोलामा आउने बाढीले यात्रीहरुलाई समस्या भइरहे तापनि पुल निर्माणकार्य समयमै सम्पन्न हुन सकिरहेको छैन । घोराही तुलसीपुर सडक खण्डमा काला खोला, ग्वार खोला, संक्राम खोला, गुजे्र खोलामा पुल निर्माण भइसकेका छन्, भने पत्रे खोला, हापुर खोला र सेवार खोलामा पुल बन्न सकेका छैनन् ।
तीन वर्षपहिले निर्माण भइसक्नुपर्ने पत्रेखोला पुलको निर्माणकार्य सम्पन्न हुन नसक्दा यात्रुलाई सास्ती थपिएको छ । यसका साथै हापुर खोला र सेवार खोलामा पुल निर्माणको कार्य अझै सुरु भएको छैन ।