logo
२०८१ बैशाख ८ शनिवार



लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

प्रदेश |


लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत


छवि पाण्डे 
बुटवल, साउन २७ गते । लुम्विनी प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री शंकर पोखरेलले संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।
त्यसैगरी अर्को मन्त्रिपरिषद गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषदलाई नै कार्यभार तोक्नुभएको प्रदेश प्रमुखको कार्यालयबाट बुधवार जारी सूचनामा जनाइएको छ ।
त्यसैगरी लुम्विनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले नेपालको संविधानको धारा १६० को उपधारा ४ को खण्ड क बमोजिम मुख्यमन्त्रीमार्फत प्रदेश प्रमुखलाई राजीनामा बुझाउनु भएको छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?