समयको बुलेट पाङ्ग्रा
गोरखापत्र अनलाइन ,
असार ६, २०७७ शनिबार
मित्र शान्तबहादुरको ‘अर्ली मुन’ रेस्टुराँमा हामी तीन मित्र अर्थात् म, सुरेश मानन्धर र दिनेश शर्मा पुग्यौँ, अनि कुनामा रहेको एउटा टेबुलनिर गएर बस्यौँ । झोलाबाट सिन्जानो निकालेँ । सुरेशले हातमा लिएर ओल्टाइपल्टाइ हेरेपछि भन्यो, ‘यसमा त २५ प्रतिशत मात्रै अल्कोहल छ ।’ अनि एकछिनपछि इसाराले शान्तबहादुरलाई बोलाएर ‘मलाई ब्ल्याक लेबल पठा, आइस बक्स र सोडासहित’ भनेपछि फेरि उसले भन्यो, ‘शान्त सुन् न, घरीघरी किन ? मैले कति खान्छु...