अलबिदा रानुदेवी !
गोरखापत्र अनलाइन ,
जेष्ठ ३१, २०७७ शनिबार
रानुदेवी अधिकारी नेपालकी प्रथम गायिकामात्र होइन, २००७ सालको जहानियाँ राणा शासनविरुद्ध आन्दोलनमा संलग्न हुने केही अग्रणी महिलामध्ये पनि पर्नुहुन्थ्यो । मनमा अदम्य शक्ति, सामथ्र्य, उत्साह र ऊर्जा त थियो नै, त्योबाहेक रानुदेवीमा अरूभन्दा पृथक तथा थप चिनारी पनि रहेको थियो– गीत, सङ्गीत र कलाको । २००७ सालको क्रान्तिमा उहाँ १४ वर्षको कलिलो वयमा हिँड्दै हुनुहुन्थ्यो । ‘सानी नानी तिमी बन्दुक बोक्न सक्दिनौँ, बन्दुक हामी...