पाल्पामा सवारी चालक परीक्षण केन्द्रको निर्माण सुरु
गोरखापत्र अनलाइन
चैत्र ३०, २०७८ बुधबार
पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लाका सेवाग्राहीलाई सहज हुने गरी पाल्पामा सवारी चालक परीक्षण केन्द्रको निर्माण सुरु भएको छ । पहाडी जिल्लाका सेवाग्रहीलाई सवारी चालक अनुमतिपत्र लिन सहज हुने गरी तानसेनको बाँसटारीमा ट्रायल सेन्टरको निर्माण सुरु गरिएको हो । लुम्विनी प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको लगानीमा चालक अनुमति परीक्षण केन्द्र (ट्रायल सेन्टर) बनाउन सुरु गरिएको हो । ट्रायल सेन्टर निर्माणका...