खेलाडीको डर
गोरखापत्र अनलाइन
चैत्र २१, २०७७ शनिबार
खेलाडीका लागि सबैभन्दा ठूलो डर हो– चोट । एउटा गम्भीर चोटले खेलाडीको खेलजीवनलाई नै बर्बाद पार्न सक्छ । उचाइमा पुग्न खेलाडीले वर्षौंदेखि श्रमसँगै अर्थ र समय लगानी गरेको हुन्छ । तर, खेलाडी सधैँ एउटा डरमा हुन्छ । त्यो हो, कतै कुनै चोटले आफ्नो सपना चकनाचुर हुने त होइन । फुटबलर प्रदीप महर्जन, रवीन श्रेष्ठ, विकास मल्ल, चेतन घिमिरे, जुमनू राईजस्ता खेलाडीले चोटकै कारण राष्ट्रिय फुटबल टिममा बसेर सेवा गर्न सक्नुभएन । यी त उदाहरणमात्र...