शीतकालीन ओलम्पिकमा कूटनीतिक शीत
गोरखापत्र अनलाइन
माघ २२, २०७८ शनिबार
ठूला देशको कूटनीतिक बहिस्कारबीच शुक्रबारदेखि चीनमा २४औँ शीतकालीन (विन्टर) ओलम्पिक सुरु भएको छ। यसपटकको शीतकालीन ओलम्पिकलाई नामले जस्तै कूटनीतिक शीत (चिसो) बनाएको छ। कोभिड–१९ महामारीको तेस्रो लहर ओमिक्रोनको बढ्दो त्रासबीच चीनले पहिलो पटक शीतकालीन ओलम्पिक आयोजना गरेको हो। चीनको बेइजिङमा शुक्रबार साँझ भव्य समारोहबीच चीनका राष्ट्रपति सी जिन फिङले औपचारिक उद्घाटन गर्नुभएको छ।