logo
२०८१ बैशाख ३० आईतवार



निरन्तर वर्षाका कारण बेनी जोड्ने सबै सडक बन्द

फिचर |
प्रदेश |


निरन्तर वर्षाका कारण बेनी जोड्ने सबै सडक बन्द


अमृतप्रसाद पौडेल
बेनी, असोज ७ गते । म्याग्दीको सदरमुकाम बेनी जोड्ने लामो तथा छोटो सबै सडक यातायात बन्द भएको छ । मंगलबार साँझ देखिको अविरल वर्षाका कारण आएको पहिरोले सबै जसो सडक बन्द हुँदा बेनी सँगको यातायात सम्पर्क विच्छेद भएको हो ।
बेनी–जोमसोम सडक खण्डको बेनी नगरपालिका–८ जलेश्वर, रघुगंगा गाउँपालिका–१, बेगखोला, अन्नपुर्ण गाउँपालिका–३ को जलथले र रुप्से झरनामा सडक अबरुद्ध रहेको छ । त्यस्तै बेनी–दरवाङ सडक खण्डको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना घुमाउने भिरमा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताउनुभयो ।
बेनी–बागलुङ सडक खण्डकको बेनी नगरपालिका–१ रत्नेचौरको रानीबनमा सडक अवरुद्ध छ । त्यस्तै पोखरा बेनी सडक खण्डको पर्वतको मालढुङ्गा नजिकै सहश्रधारामा सडक अवरुद्ध भएका कारण सवारी सञ्चानमा आउन नसकेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।
नौ दिन देखि सडक अवरुद्ध
गत साउन ५ गते आएको भिषण बाढी पहिरो पछि अबरुद्ध भएको अन्नपूर्ण गाउँपालिका –३ दानाको रुप्से झरनामा गत भदौ दोश्रो हप्तादेखि सञ्चालनमा आएको सडक पुनः भदौ ३० गते देखि अबरुद्ध हुँदा हिमालपारीको जिल्ला मुस्ताङ सवारी सम्पर्क विच्छेद भएको छ । मुस्ताङको थासाङ गाउँपालिका नाउरीकोट घर भै दानामा पर्यटन व्यवसाय गर्दै आउनुभएका इन्द्रसिंह शेरचनका अनुसार सडक अबरुद्ध हुँदा मुस्ताङको मुख्य उत्पादन स्याउ तथा आलु लगायतका अन्य फलफुल तथा तरकारी बजार पु¥याउनलाई समस्या भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?