logo
२०८१ बैशाख १४ शुक्रवार

  बैदेशिक रोजगकारीले दिएको सीप  



मलेसियाबाट ल्याएको एक बोट ड्रयागन फ्रुटबाट ११० बोट तयार

अर्थ |


मलेसियाबाट ल्याएको एक बोट ड्रयागन फ्रुटबाट ११० बोट तयार


सिराज खान
नेपालगञ्ज, कात्तिक १३ गते । करीब ६ बर्षसम्म मलेसियामा बसेर ड्रयागन खेतिमा काम गरेका बाँकेको खजुरा–४ का तिलक मगरले स्वदेश फर्किएपछि आफ्नै गाउँमा खेती शुरु गर्नु भएको छ ।
आफ्नै देशमा खेती गर्ने सोच बनाएर मलेसियाबाटै एक बोट ड्रयागन फ्रुटको विरुवा लिएर आउनु भएका मगरले गरे केही पनि असम्भव नरहेको जनाउँदै आफ्नै देशमा सुन फलाउन सक्ने अनेकौ तरिका रहेको बताउनुभयो ।
गत वर्ष बैदेशिक रोजगारीबाट फर्किएपछि खजुरामा उहाँले ड्रयागन फ्रुटको उत्पादन शुरु गर्नुभयो । मलेसियाबाट ल्याएको विरुवाको कलमी गरेर शुरुमा १० बोट बनाएर ड्रयागन फ्रुटको खेती शुरु गरेको जनाउँदै मगरले सो खेतीबाटै पहिलो बर्षमै ५० देखि ६० हजारसम्म आम्दानी गर्न सफल भएको बताउनुभयो ।
गरे केहि असम्भव छैन, देशमै सुन फलाउन सकिन्छ, नगरे भन्न सकिन्न, भन्ने उखान आफुमाथिनै सही सावित भएको उहाँले बताउनुभयो ।
मगरले ६ बर्ष विदेशमा ड्रयागन फ्रुट फार्ममा काम गरेर एउटा मात्र ड्रयागन फ्रुटको बोट लिएर नेपाल फर्किनु भएको थियो, तर अहिले उहाँसँग ११० वटा ड्रयागन बोट छन् । उहाँले शुरुमा लगाएको १० बोट विरुवाबाट ६० हजार आम्दानी गरेको जनाउँदै यो बर्ष सय विरुवा थप गरेकोले आम्दानी पनि डेढ लाख भन्दा बढी हुने बताउनुभयो ।
मगरको परिवारले घरबाटै ६ सय रुपियाँ प्रति किलोका दरले ड्रयागन फ्रुट बिक्री गरिरहेको जनाएको छ । मगरको खेतमा सेतो र पिङ्क गरि दुई किसिमको बिरुवा लगाइएको छ । ।
नेपालमा भर्खर शुरु गरिएको र स्वास्थ्यको लागि अतिनै लाभदायक भएकोले ड्रयागन फ्रुट खेतीलाई खजुरा गाँउपालिकाले पनि प्रोत्साहन गर्ने जनाएको छ । गाउँपालिकाले आर्थिक र प्राबिधिक दुबै रुपले यसलाई अगाडि बढाउने गाँउपालिकाका कृषि शाखाका प्राबिधिक अंकित विश्वकर्माले बताउनुभयो ।
उहाँले यो पालिकालाई नमुना गाँउपालिका बनाउने योजना भएकोले ड्रयागन फ्रुट उत्पादनलाई मुख्य रुपमा लिएर अगाडि बढ्ने सोच आएको बताउनुभयो । राज्यबाटै यस्ता नयाँ जातका बिरुवामा किसानहरुलाई प्रोत्साहन गर्न सके देशकै आर्थिक क्षेत्रमा टेवा पुग्ने यस क्षेत्रका किसानहरुको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?