logo
२०८१ बैशाख ७ शुक्रवार



सदभाव र एकताको पर्व ‘छठ’ न्हाय खाय गरी सुरु

प्रदेश |


सदभाव र एकताको पर्व ‘छठ’ न्हाय खाय गरी सुरु


जिवछ यादव
लहान, मंसिर ३ गते । विशेष आस्था, कठोर उपासना र निष्ठापूवर्क हिन्दुधर्मालम्बीहरुले मनाइने छठ पर्व विधिवत रुपमा बुधबारदेखि सुरु भएको छ । यस पर्वले सामाजिक सदभाव र आपसी एकता कायम गर्दै आएको जनविश्वास रहेको छ ।
मानव सभयता बोधक, प्रकृतिप्रति कृतज्ञता र अराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य पूजन विधि अन्तर्गत पहिलो दिन (चतुर्थी) को बिमिा अरबा अरबाइन गरिन्छ जसलाई नहाय खाय भन्ने गरेको छ ।
दोश्रो दिन दिनभरि उपबास बसेर साझपख सखर मिलाएर बनाएको खीर प्रसादको रुपमा घरको देउतालाई चढाएर ग्रहण गरिन्छ जसलाई खरना भन्ने चलन रहि आएको छ ।
तेश्रो दिन जलाशयहरुमा अस्ताँउदो र चौथो दिन उदँँउदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न हुने गर्दछ । सूर्य उासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यहि एक पर्व भएको पण्डित अलखनारायण मिश्रको भनाई रहेको छ । उहाँको अनुसार मानव सभ्यताको विकास नदी किनार हुँदै भएको पञ्चत्तत्व मध्ये सूर्य र जल अपिहार्य रहेकाले यी दुई त्रत्तवप्रति श्रद्धाभाव व्यक्त तथा जीवन ,जगत प्रकृति तबनस्पति ग्रह,नक्षत्र, समय काल सबै कारक रहेको सूर्यको आराधनाले आपसी एकता र सामाजिक सद्भाव मजबूतत बनाउने यस पर्वको महिमा महान रहेको छ ।
यस पर्वमा मुख्य रुपमा उखु केरा,स्याउ भोगटे,बेसारको हरियो झारपात,अदुवा मूला विभिन्न प्रकारका मिठाई, चामलको पिठोबाट बनाएको ठकुवा भुसुवा प्रसादको रुपमा चढाउने गर्दछ ।
माटोको विभिन्न सामग्रीहरुमा दियो ,हात्ती , कोसिया कुरुवार को प्रयोग अनिवार्य रुपमा हुनाले कुम्हार जाति माटोको सामग्री बेचेर वर्षमै सबैभन्दा बढी आम्दानी गर्ने छठ पर्व नै भएको लहानका कुम्हार जातिका अगुवा देवशरण पण्डित बताउनुहुन्छ ।
केराको माग छठ पर्वमा बढी हुने गरेकोले यस वर्ष बाहिरबाट केरा माग अनुसारको नआँदा गत वर्षको तुलनामा दोब्बर मूल्य तिरेर केरा खरिद गर्नु परेको छठ गर्ने ब्रतालु सुनिता गुप्ताको भनाई छ ।
कोरोना सङ्क्रमण फैलिन नदिनको जलाशयहरुमा भीडभाडमा मनाउने छठ पर्वलाई आफ्नै घर आँगनमा मनाउन स्वास्थ्य शाखाहरुबाट निर्देशन गरिएपनि पोखरी र जलाशयहरुमा विगत वर्षहरु झै भडिभाड गरि छठ पर्व मनाउन तयारी भइरहेकोमा सरोकारवाला निकायहरुको ध्यान जानुपर्ने लहान नगरपालिका शिक्षा शाखाका प्रमुख रामा सुन्दर यादवको सुझाव रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?