logo
२०८० चैत्र १६ शुक्रवार



लोपउन्मुख पाँच प्रजातिका कछुवा हुर्काउँदै चितवन राष्ट्रिय निकुञ्ज

प्रदेश |


लोपउन्मुख पाँच प्रजातिका कछुवा हुर्काउँदै चितवन राष्ट्रिय निकुञ्ज


शाालिग्राम नेपाल
चितवन, कात्तिक २७ गते । लोप उन्मुख भएका पाँच प्रजातिका कछुवा २० वार्षदेखि चितवन राष्ट्रिय निकुञ्जले हुर्काउदैँ आएको छ । गोही प्रजनन् केन्द्र नजिकै कुछुवालाई हुर्काउदै आएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले भन्नुभयो लोपउन्मुख पाँच जातका ३० वटा कछुवा संरक्षण गरि राखिएको छ । जमिनमा बस्ने दुई जातलाई छुट्टै र पानीमा बस्ने तीन जातलाई गोहीसँगै राखिएको हो ।
व्यक्तिले घरमा पालेका लोप हुदै गएका जातका कछुवालाई निकुञ्जले संरक्षण गरेर प्रजनन्को लागि राखिएको खड्काले जानकारी दिनुभयो । निकुञ्जभित्र र बाहिर उद्धार गरिएका कछुवालाई त्यहाँ २०५७ सालबाट हुर्काउन थालिएको हो । उहाँका अनुसार हुर्किएका छ वटा कछुवा बाहिर निकुञ्ज क्षेत्रमा छाडिएका छन् ।

यहाँ अति संकटापन्न सालको जंगलमा रहने भुई कछुवा, तीन पाते पहाडी कछुवा, पदनी कछुवा, पुतली कछुवा र मयुरपंखी कछुवा रहेका छन् । सहायक संरक्षण अधिकृत खड्काका अनुसार भुई कछुवा र तीन पाते पहाडी कछुवाले घाँस पात, किरा फड्याङ्ग्रा, फलफूल खाने गर्दछ । धेरै गर्मीमा पानीमा र अरुबेला जमिनमा यी कछुवा रहने उहाँले जानकारी दिनुभयो । यी कछुवा बिहान र बेलुका धेरै सक्रिय हुने गर्दछन् ।

पदनी पानीमा बस्ने कछुवा हो । यो मुख्य गरी घोल तथा सिमसार क्षेत्रमा पाईने गर्दछ । यसले सागपात, किराफट्याङ्ग्रा मासु सबै खाने खड्काले बताउनु भयो । पुतली कछुवालाई नरम खबटे कछुवा पनि भनिन्छ । दलदल र पोखरीमा यो कछुवा बस्ने गर्दछ । खड्काका अनुसार पहिले पहिले यसै कछुवालाई ईनारमा पानी सफा गर्छ भनेर राख्ने प्रचलन पनि थियो ।

मयुरपंखीलाई नरम खबटे पनि भनिन्छ । यो पनि पोखरी, दलदल र हिलोमा बस्छ । पानीमा पाईने, किरा फट्याङ्ग्रा, माछा मासु खाने गर्दछ । निकुञ्जले पदनी, पुतली र मयुरपंखीलाई गोहीसँगै राखेको छ । ती कछुवालाई माछा, मासु दिने गरिएको छ भने अन्यलाई चना, भटमास, फर्सी, गाजर दिने गरिएको छ ।

कछुवा हुर्काएर प्रकृतिमा छोड्न, यसको महत्व बुझाउन, अध्ययन अनुसन्धान र जनचेतनाका लागि निकुञ्जले कछुवाको संरक्षण गरेको उहाँको भनाई छ । विश्वमा २५० जातिका कछुवा पाईन्छन् । ती मध्ये नेपालमा १८ जातिका रहेको खड्काले जानकारी दिनुभयो । तस्करहरुले चोरीशिकार गरेर कालो बजारमा यसलाई ठूलो मूल्यमा बिक्री गर्ने गर्दछन् । केही वर्ष यता व्यक्तिले घरमा होटल रिसोर्टमा कछुवा पाल्ने, कछुवाको मासु पाखे गरेको उहाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?